"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ८३: | पङ्क्ति ८३: | ||
== स्वतन्त्रता र भारतको विभाजन == |
== स्वतन्त्रता र भारतको विभाजन == |
||
गान्धीले सन् १९४६ मा काङ्ग्रेसको |
गान्धीले सन् १९४६ मा काङ्ग्रेसको बेलायती मन्त्रीमण्डल मिसनको प्रस्ताव अस्वीकार गर्ने परामर्श दिए किनभने उनलाई मुस्लिम बाहुलता प्रान्तको लागि प्रस्तावित समूहीकरण प्रति उनको गहन अविश्वास थियो। यद्यपि केही समय गान्धीसँग काङ्ग्रेसद्वारा मतभेदको घटनाबाट यो पनि एउटा घटना बनेको (यद्यपि त्यसका नेत्त्वको कारण होइन) थियो तर नेहरू र पटेल ठान्थे कि यदि काङ्ग्रेस यस योजनाको अनुमोदन गरेन भने सरकारको नियन्त्रण [[अखिल भारतीय मुस्लिम लिग|मुस्लिम लिग]]मा जान्छ। सन् १९४८ को बीच लगभग ५,००० भन्दा पनि धेरै मानिसहरूको हिंसाको क्रममा मारिएका थिए। भारतमा बसोबास गर्ने धेरै हिन्दूहरू तथा सिख र मुस्लिमहरूको भारी बहुमत देशलाई विभाजन गर्ने पक्षमा थियो। यसको अतिरिक्त [[मुहम्मद अली जिन्ना]] मुस्लिम लीगको नेताले [[पञ्जाब, पाकिस्तान|पश्चिम पञ्जाब]], [[सिन्ध]], उत्तर पश्चिम सिमान्त प्रान्त र [[पूर्वी बङ्गाल]]मा व्यापक सहयोगको परिचय दिए। व्यापकस्तरमा फैलिने हिन्दू मुस्लिम लडाईं रोक्नको लागि नै काङ्ग्रेस नेताहरूले विभाजनको यस योजनामा मञ्जुरी दिएका थिए। गान्धीको नजीकका सहयोगीहरूले बिभाजनलाई एक सर्वोत्तम उपायको रूपमा स्वीकार गरे र [[सरदार वल्लभ भाइ पटेल|सरदार पटेल]]ले गान्धीजीलाई सम्झाउने प्रयास पनि गरे कि नागरिक अशान्ति युद्धलाई रोक्ने यही एउटा उपाय हो । गान्धीले वाध्य भई यसमा अनुमति दिएका थिए। |
||
उनले उत्तर भारत सँग-सँगै [[बङ्गाल]]मा पनि मुस्लिम र हिन्दू समुदायका नेताहरूबीचको कडा रवैयालाई शान्त गर्नको लागि गहन विचार विमर्श गरेका थिए। सन् १९४७ मा भारत-पाकिस्तान युद्ध पश्चात् पनि उनलाई त्यस समय घचघचाइयो जब सरकारले पाकिस्तानको विभाजन परिषदद्वारा बनाइएको सम्झौता अनुसार ५५ करोड रूपैया नदिने निर्णय गरेको थियो। जब यो माग उठ्न लाग्यो कि सबै मुसलमानहरूलाई पाकिस्तान पठाइयोस् तर मुसलमान र हिन्दू नेताहरूले यस माथि असन्तोष व्यक्त गरे र एक अर्को <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पी.४६२ .</ref> सँग सम्झौता नगर्ने अडान लिए । यस कार्यले गान्धीजीलाई गहिरो आघात पुगेको थियो। उनले [[नयाँ दिल्ली|दिल्ली]]मा आफ्नो पहिलो आमरण अनशन आरम्भ गरे जसमा सबै साम्प्रदायिक हिंसा तत्काल समाप्त गर्न र पाकिस्तानलाई ५५ करोड रूपैयाँ भुक्तान गर्नको लागि माँग गरेका थिए । <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पीपी .४६४ - ६६ .</ref> |
उनले उत्तर भारत सँग-सँगै [[बङ्गाल]]मा पनि मुस्लिम र हिन्दू समुदायका नेताहरूबीचको कडा रवैयालाई शान्त गर्नको लागि गहन विचार विमर्श गरेका थिए। सन् १९४७ मा भारत-पाकिस्तान युद्ध पश्चात् पनि उनलाई त्यस समय घचघचाइयो जब सरकारले पाकिस्तानको विभाजन परिषदद्वारा बनाइएको सम्झौता अनुसार ५५ करोड रूपैया नदिने निर्णय गरेको थियो। जब यो माग उठ्न लाग्यो कि सबै मुसलमानहरूलाई पाकिस्तान पठाइयोस् तर मुसलमान र हिन्दू नेताहरूले यस माथि असन्तोष व्यक्त गरे र एक अर्को <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पी.४६२ .</ref> सँग सम्झौता नगर्ने अडान लिए । यस कार्यले गान्धीजीलाई गहिरो आघात पुगेको थियो। उनले [[नयाँ दिल्ली|दिल्ली]]मा आफ्नो पहिलो आमरण अनशन आरम्भ गरे जसमा सबै साम्प्रदायिक हिंसा तत्काल समाप्त गर्न र पाकिस्तानलाई ५५ करोड रूपैयाँ भुक्तान गर्नको लागि माँग गरेका थिए । <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पीपी .४६४ - ६६ .</ref> |
२०:५१, २ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन
मोहनदास करमचन्द गान्धी | |
---|---|
जन्म | २ अक्टोबर १८६९ पोरबन्दर, काठियावार,भारत[१] (हाल गुजरात, भारत) |
मृत्यु | ३० जनवरी १९४८ (७८ वर्षको आयुमा) नयाँ दिल्ली, भारत |
मृत्युको कारण | हत्या |
निवास | राजघाट, नयाँ दिल्ली, भारत |
राष्ट्रियता | भारतीय |
अन्य नाम | महात्मा गान्धी, बापु, गान्धीजी |
मातृ शिक्षाप्रतिष्ठान | युनिभर्सिटि कलेज लन्डन,[२] |
धर्म | हिन्दु |
जीवनसाथी | कस्तूरबा गान्धी |
सन्तान | हरिलाल मणिलाल रामदास देवदास |
मातापिता | पुतलीबाई गान्धी (आमा) करमचंद गान्धी (बुवा) |
हस्ताक्षर | |
मोहनदास करमचन्द गान्धी (जन्म: २ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता थिए। उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको थियो। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्रसङ्घले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ। उनी सत्याग्रहका अग्रणी नेता थिए जसको अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् जुन नाम उनलाई विश्वकवि साहित्यकार रवीन्द्रनाथ ठाकुरले दिएका थिए। जसको संस्कृत भाषामा महात्मा अथवा 'महान आत्मा' एक सम्मान सूचक शब्द हो। उनलाई सबैभन्दा पहिले रवीन्द्रनाथ ठाकुरले महात्मा भनि सम्वोधित गरेका थिए। महात्मा गान्धीलाई भारतमा बापू नामले पनि चिनिन्छ गुजराती भाषामा (બાપુ) बापू को अर्थ पिता हुन्छ। उनलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ। यो दिन गान्धी जयन्तीको रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ। सन् १९१५ मा भारत फिर्तीपछि उनले किसानहरू, कृषि मजदुरहरू, सहरी श्रमिकहरूलाई अत्यधिक भूमिका र भेदभाव विरूद्ध आवाज उठाउन एकजुट गरेका थिए। सन् १९२१ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको बागडोर सम्हालेपछि गान्धीले देशभर गरीबीबाट राहत दिलाउने, महिलाका अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाएका थिए। गान्धीले बेलायत सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा नुन सत्याग्रह र त्यसपछि सन् १९४२ मा भारत छोड आन्दोलन सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरेका थिए। उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौँ वर्षसम्म कारागारमा बस्नुपरेको थियो। गान्धीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरेका थिए। उनले साबरमती आश्रमको आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवनको धेरै समय व्यतित गर्दै परम्परागत भारतीय धोती र सूतबाट बनेको गम्छा लगाए जसलाई उनी स्वयंले चर्खामा सूत काटेर हातैले बनाएका थिए।
प्रारम्भिक तथा व्यक्तिगत जीवन
मोहनदास करमचन्द गान्धीको जन्म २ अक्टोबर १८६९मा पश्चिमी भारतको वर्तमान गुजरातमा रहेको पोरबन्दर नामक एक तटीय सहरमा भएको थियो।[३] उनका पिता करमचन्द गान्धी हिन्दू धर्मको मोध समुदायसँग सम्बन्धित थिए र अङ्ग्रेजको अधीनस्थ भारतको काठियावाडमा एउटा सानो रियासत पोरबन्दर प्रान्तका प्रधानमन्त्री थिए। परनामी वैष्णव हिन्दू समुदायकी उनकी आमा पुतलीबाई करमचन्दकी चौथी स्वास्नी थिइन्। सन् १८८३ मेमा जब उनी १३ वर्षका थिए तब उनको विवाह १४ वर्षकी कस्तूरबा माखनजीसँग भएको थियो। जसको पहिलो नाम छोटकरीमा कस्तूरबा थियो र उनलाई मानिसहरू प्रेमले बा भन्थे चिन्दथे। सन् १८८५ गान्धी १५ वर्षको छँदा उनको पहिलो सन्तानको जन्म भएको थियो तर उक्त शिशुको केही दिन भित्रै मृत्यु भएको थियो भने उनको बुबाको पनि सोही वर्ष निधन भएको थियो। मोहनदास र कस्तूरबाको चार छोराहरू थिए। हरिलाल सन् १८८८ मा जन्मिएका थिए भने सन् १८९२ मा मणिलाल, सन् १८९७ मा रामदास र सन् १९०० मा देवदास जन्मिएका थिए। गान्धीले पोरबन्दरमा मिडिल र राजकोट माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए। उनले आफ्नो प्रवेशिका परीक्षा भावनगर, गुजरातको समलदास कलेजबाट गरे जहाँबाट उनलाई उत्तीर्ण गर्न साह्रै कठिनाई भएको थियो।
शिक्षा
आफ्नो १९औँ जन्मदिन आउन एक महिना अगावै ४ सेप्टेम्बर सन् १८८८ मा गान्धीले युनिभर्सिटी कलेज अफ लन्डनमा कानुन सङ्काय पढ्न र वकील बन्नको लागि इङ्ल्यान्ड, लण्डन गएका थिए। उनले शाकाहारी समाजको सदस्यता ग्रहण गर्दै उक्त संस्थाको कार्यकारी समितिको लागि चयन पनि भएका थिए। उनले जुन शाकाहारी मानिसहरूसँग भेट गरे त्यसमा केही थियोसोफिकल समाजका सदस्य थिए जसको स्थापना सन् १८७५ मा विश्व बन्धुत्वलाई प्रवल गर्नको लागि गरिएको थियो जसलाई बौद्ध तथा हिन्दू साहित्यको अध्ययनको लागि समर्पित गरिएको थियो। त्यसै संस्थाका सदस्यहरूले गान्धीलाई श्रीमद्भगवद गीता पढ्नको लागि प्रेरित गरेका थिए। हिन्दू धर्म, ईसाई धर्म, बौद्ध धर्म, इस्लाम र अन्य धर्महरूका बारेमा पढ्न सुरुमा गान्धीले विशेष रूची देखाएका थिइनन् । इङ्ल्यान्ड तथा वेल्स बार सङ्घको मागमा उनी भारत फर्किए तर मुम्बईमा वकालत गर्नमा उनलाई खासै सफलता प्राप्त भएन। त्यसै समयमा एउटा उच्च विद्यालय शिक्षकको रूपमा अस्थायी जागीर लागि अस्वीकार गरिएपछि उनले जाहेरीवालाहरूको लागि मुद्दा लेख्नका लागि राजकोटलाई नै आफ्नो स्थल बनाएका थिए।
दक्षिण अफ्रिकामा नागरिक अधिकारहरूको आन्दोलन
दक्षिण अफ्रिकामा बस्दा गान्धीले भारतीयहरू माथि हुने गरेको भेदभावको सामना गर्नुपरेको थियो। उनले आफ्नो यस यात्रामा अन्य कठिनाइहरूको सामना गरे जसमा कतिपय होटलहरू उनको लागि निषेधित गरिएको थियो।[स्रोत नखुलेको] यस्ता घटनाहरू गान्धीको जीवनमा एक मोड बने र विद्यमान समाजिक अन्याय प्रति जागरूकताको कारण बने तथा समाजिक सक्रियताको व्याख्या गर्नमा मद्दत गरेको थियो। दक्षिण अफ्रिकामा पहिलो नजरमा नै भारतीयहरू माथि अन्याय देखेर गान्धीले अङ्ग्रेजी साम्राज्यको अन्तर्गत आफ्नो मानिसहरूको सम्मान तथा देशमा स्वयं आफ्नो स्थितिको लागि आवाज उठाएका थिए।[स्रोत नखुलेको]
१९०६ को जुलु युद्धमा भूमिका
सन् १९०६ मा जुलु दक्षिण अफ्रिकामा नयाँ निर्वाचन कर लागु गरिएपछि त्यहाँ दुई अङ्ग्रेज अधिकारीहरूलाई मारिएका थियो जसको फलस्वरूप अङ्ग्रेजले जुलु विरूद्ध युद्ध घोषणा गरेको थियो। गान्धीले भारतीयहरूलाई भर्ती गर्नको लागि बेलायती अधिकारीहरूलाई सक्रिय रूपमा प्रेरित गरेका थिए। २१ जुलाई सन् १९०६ मा गान्धीले भारतीय जनमतमा लेखे कि २३ भारतीय निवासीहरूको विरूद्ध चलाइएको अपरेशनको सम्बन्धमा प्रयोगद्वारा नेटाल सरकारको भनाइमा एक कोरको गठन गरिएको छ। [४] गान्धीको विचारमा सन् १९०६ को मस्यौदा अध्यादेश भारतीयहरूको स्थितिमा कुनै निवासीको निम्नस्तरको सामान ल्याउने जस्ता थिए। यसकारण उनले सत्याग्रहको तर्ज माथि काफिर (जातीय कलङ्क)को उदाहरण दिँदै भारतीयहरूबाट अध्यादेशको विरोध गर्नको लागि आग्रह गरेका थिए।
भारतीय स्वतन्त्रता सङ्ग्रामको लागि सङ्घर्ष (सन् १९१६ -१९४५)
चम्पारण र खेडा
सन् १९१५ मा गान्धी दक्षिण अफ्रिकाबाट भारत फर्किएका थिए। उनले भारतीय राष्ट्रिय काङ्ग्रेसको अधिवेशनहरूमा आफ्नो विचार व्यक्त गरेका थिए। गान्धीको पहिलो ठूलो उपलब्धि सन् १९१८ मा चम्पारन र खेडा सत्याग्रह आन्दोलनबाट प्राप्त भएको थियो। यद्यपि आफ्नो निर्वाहको लागि जरूरी खाद्यबालीको अतिरिक्त नालिनी नगद पैसा दिने खाद्यबालीको खेती आन्दोलन पनि महत्त्वपूर्ण रहेको थियो। जमिन्दारहरू (अधिकांश अङ्ग्रेज)को शक्तिबाट दमन भएका भारतीयहरूलाई नाम मात्रको भरपाई भत्ता दिएका थिए जसबाट उनीहरू अत्याधिक गरीबीबाट घेरिँदै गएका थिए। गाउँहरू नराम्रोसँग फोहोर र स्वास्थ्य सम्बन्धि समस्या र रक्सी, अस्पृश्यता र पर्दाबाट जकडिएका थिए। गान्धीले त्यहाँ एउटा आश्रम बनाए जहाँ उनले आफ्नो धेरै समर्थकहरू र नयाँ स्वेच्छिक कार्यकर्ताहरूलाई सङ्गठित गरेका थिए। [स्रोत नखुलेको]उनले गाउँहरूमा एउटा विस्तृत अध्ययन र सर्वेक्षण गर्दै प्राणीहरू माथि भएको अत्याचारको भयानक काण्डहरूको लेखाजोखा राखेका थिए। ग्रामीण भेगमा उनले आम जनमानसमा आफूप्रतिको विश्वास जित्दै उनले गाउँहरूको सफाई अभियान आरम्भ गरे जस अन्तर्गत विद्यालय र अस्पताल बनाइयो र उपयुक्त वर्णित धेरै वटा समाजिक खराबीहरू समाप्त गर्नको लागि ग्रामीण नेतृत्वलाई प्रेरित गरेको थियो तर उनलाई अशान्ति फैलाएको भनी प्रहरीले गिरफ्तार गरे र उनलाई उक्त क्षेत्र छोड्नको लागि आदेश जारी गरिएको थियो।[स्रोत नखुलेको] कारागार, प्रहरी चौकी तथा अदालतहरू बाहिर सभा तथा जुलुसहरू निकालेर गान्धीलाई बिना शर्त रिहा गर्न उनका समर्थकहरूले माग गरेका थिए। गान्धीले जमीन्दारहरूको विरुद्ध विरोध प्रदर्शन र हडतालहरूकोको नेतृत्व गरे जसले अङ्ग्रेजी सरकारको मार्गदर्शनमा त्यस क्षेत्रको गरीब किसानहरूको धेरै क्षतिपूर्ति स्वीकार गर्न तथा खेती माथि नियन्त्रण, राजस्वमा बढोत्तरीलाई रद्द गर्न तथा यसलाई सङ्ग्रहित गर्न एक सम्झौतामा हस्ताक्षर गरेका थिए। यस सङ्घर्षको क्रममा नै गान्धीलाई जनताले बापू पिता र महात्मा (महान आत्मा)को नामले सम्बोधित गरेका थिए। खेडामा सरदार पटेलले अङ्ग्रेजसँग विचार विमर्शको लागि किसानहरूको नेतृत्व गरे जसमा अङ्ग्रेजले राजस्व संग्रहणबाट मुक्ति दिएर सबै कैदीहरूलाई रिहा गरेका थिए। यसको परिणामस्वरूप गान्धीको ख्याति पुरै देश भरमा फैलिएको थियो।[स्रोत नखुलेको]
असहयोग आन्दोलन
गान्धीले असहयोग, अहिंसा तथा शान्तिपूर्ण प्रतिकारलाई अङ्ग्रेज विरुद्ध शस्त्रको रूपमा उपयोग गरेका थिए। पञ्जाबमा अङ्ग्रेजी फौजद्वारा भारतीयहरू माथि जलियांवाला बाग नरसंहार गरेका कारण देशलाई ठूलो आघात पुगेको थियो। उनले पार्टीको प्रारम्भिक विरोधपछि दङ्गाको भर्त्सना गरेका थिए।
सन् १९२१ डिसेम्बरमा गान्धीलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको कार्यकारी अधिकारी नियुक्त गरिएका थिए। उनको नेतृत्वमा काङ्ग्रेसको स्वराजको नाममा एउटा नयाँ उद्देश्यसँग सङ्गठित गरिएको पार्टीमा साङ्केतिक सदस्यता शुल्क भुक्तान गरी सबैको लागि खुला थियो। गान्धीले आफ्नो अहिंसात्मक मञ्चको स्वदेशी आन्दोलनमा सामेल गर्नको लागि विस्तार गरे जसमा विदेशी वस्तुहरू विशेष गरी अङ्ग्रेजी वस्तुहरूको बहिष्कार गर्नु थियो। यसप्रकारको आन्दोलानबाहेक गान्धीजीले ब्रिटेनको शैक्षिक संस्थाहरू तथा अदालतहरूको बहिष्कार र सरकारी नोकरीहरू छोडन तथा सरकारबाट प्राप्त तक्मा र सम्मान फिर्ता गर्न पनि अनुरोध गरेका थिए।
असहयोग आन्दोलनलाई त्यस समयमा गजबको सफलता मिल्यो जसबाट समाजको सबै बर्गका जनतामा जोश र सहभागिता बढेको थियो। यो आन्दोलन जुन प्रकार उत्कर्षमा पुग्यो त्यसै प्रकार सन् १९२२ फेब्रुअरीको चोरी-चोरा, उत्तर प्रदेशमा भयानक कलङ्कको रूपमा अन्त्य भएको थियो। यस आन्दोलनद्वारा हिंसाको स्वरूप लिनसक्ने कुरालाई ध्यानमा राखी गान्धीले व्यापक असहयोग आन्दोलनलाई फिर्ताले लिने घोषणा गरेका थिए। गान्धीमाथि राजद्रोहको मुद्दा चलाएर सन् १९२२ मार्च १० मा गिरफ्तार गरी उनलाई ६ वर्ष कैदको सजाय सुनाएर कारागार पठाइएको थियो। सन् १९२२ मार्च १८ देखि उनले २ वर्ष कारागारमा बिताएका थिए। उनलाई सन् १९२४ फेब्रुअरीमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नका लागि रिहा गरिएको थियो।
गान्धीको कारण एक भएका भारतीय राष्ट्रिय काङ्ग्रेस उनको दुई वर्षको कारागार बसाइमा दुई दलमा विभाजित भएको थियो। जस मध्ये एक दलको नेतृत्व सदनमा पार्टीको भागीदारीको पक्ष चित्तरञ्जन दास तथा मोतीलाल नेहरूले गरे भने दोस्रो दलको नेतृत्व यसको विपरीत चल्ने चक्रवर्ती राजगोपालाचारी र सरदार वल्लभ भाइ पटेलले गरेका थिए। यस बाहेक हिन्दूहरू र मुसलमानहरू बीच अहिंसा आन्दोलनको चरम सीमामा पुगेको बेला सहयोग टुटिरहेको थियो। उनले सन् १९२४ को बसन्तमा सीमित सफलता दिलाउका लागि तीन हप्ताको उपवास पनि गरेका थिए।
स्वराज र नुन सत्याग्रह (दान्डी मार्च )
गान्धी सक्रिय राजनीतिबाट टाढा नै रहे भने सन् १९२० को अधिकांश अवधिसम्म उनी स्वराज पार्टी र भारतीय राष्ट्रिय काङ्ग्रेसको बीचको असमानता टुङ्गाउन लागिरहेका थिए। उनले पहिले सन् १९२८ मा फर्केको एक वर्ष पहिले अङ्ग्रेजी सरकारले सर जोन साइमनको नेतृत्वमा एउटा नयाँ संवैधानिक सुधार आयोग बनाए जसमा एकजना सदस्य पनि भारतीय थिएनन्। सन् १९२८ डिसेम्बरमा गान्धीले कोलकातामा आयोजित काङ्ग्रेसको अधिवेशनमा एउटा प्रस्ताव राखे जसमा भारतीय साम्राज्यलाई सत्ता प्रदान गर्नको लागि भनिएको थियो। अथवा यस्तो नगरेमा आफ्नो उद्देश्यको रूपमा सम्पूर्ण देशको स्वतन्त्रताको लागि असहयोग आन्दोलनको सामना गर्नको लागि तयार बस्नु भनी भनेका थिए। गान्धीले युवावर्ग सुभाषचन्द्र बोस तथा जवाहरलाल नेहरू जस्तै पुरूषहरूद्वारा तत्काल स्वतन्त्रताको माग गर्ने विचार फलिभूत गरेका थिए। सन् १९२८ डिसेम्बर ३१ मा लाहौरमा भारतको झण्डा फहराइएको थियो। १९३० जनवरी २६ को दिन काङ्ग्रेसले लाहौरमा भारतीय स्वतन्त्रता दिवसको रूपमा मनाएको थियो। यो दिन लगभग भारतमा रहेका प्रत्येक भारतीय सङ्गठनहरू द्वारा पनि मनाइएको थियो। यसपछि गान्धीले मार्च १९३० मा नूनमाथि कर लगाएको विरोधमा नयाँ सत्याग्रह चलाए जसलाई १२ मार्चबाट ६ अप्रिलसम्म नून आन्दोलनको सम्झनामा ४०० किलोमीटर (२४८ माइल) सम्मको पदयात्रा अहमदाबादबाट दाण्डी, गुजरातसम्म चलाइयो ताकि स्वयं नून उत्पादन गर्न सकियोस्। समुन्द्रतर्फको यस यात्रामा हजारौँको सङ्ख्यामा भारतीयहरूले भाग लिए। भारतमा अङ्ग्रेजको पकडलाई विचलित गर्ने यो एक सर्वाधिक सफल आन्दोलन थियो जसमा अङ्ग्रेजले ८०,००० भन्दा धेरै मानिसहरूलाई कारागार पठाइएको थियो।[५]
लर्ड एडवर्ड इरविनद्वारा प्रतिनिधित्व भएको सरकारले गान्धीजीसँग विचार विमर्श गर्ने निर्णय लिएको थियो। यो इरविन गान्धीको सन्धि सन् १९३१ मार्चमा हस्ताक्षर गरिएको थियो। सविन्य अवज्ञा आन्दोलन बन्द गर्नको लागि बेलायती सरकारले सबै राजनीतिक कैदीहरूलाई रिहा गर्न सहमति दिएको थियो। यस सम्झौताको परिणामस्वरूप गान्धीलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको एकमात्र प्रतिनिधिको रूपमा लन्डनमा आयोजित हुने गोलमेच सम्मेलनमा भाग लिनको लागि आमन्त्रित गरिएको थियो। यसको अतिरिक्त लार्ड इरविनको उत्तराधिकारी लार्ड विलिङ्गटनले राष्ट्रवादीहरूको आन्दोलनलाई नियन्त्रित गर्ने र मत्थर पार्ने उद्देश्यले एउटा नयाँ अभियान आरम्भ गरेका थिए। गान्धी फेरि गिरफ्तार भए र सरकारले उनका अनुयायीहरूलाई उनीबाट पूर्णतया टाढा राखेर गान्धी जी द्वारा प्रभावित हुनबाट रोक्ने कोसिस गरेका थिए। सन् १९३२ मा दलित नेताको निर्वाचन प्रचार प्रसारको माध्यमबाट बाबासाहेब आम्बेडकर सरकारले दलितहरूलाई एउटा नयाँ संविधान अन्तर्गत अलग निर्वाचन स्वीकार गरेका थिए। यसको विरोधमा गान्धीजीले सन् १९३२ सेप्टेम्बरमा ६ दिनको अनशन बसेका थिए। जसले सरकारलाई दलित क्रिकेट खेलाडीबाट राजनीतिक नेता बनेका पलवङ्कर बालूद्वारा गरिएको मध्यस्ततामा एक समान व्यवस्था अपनाउन बल दिएको थियो। यो नयाँ अभियान दलितहरूले मन पराएका थिएनन् तथापि उनी एक प्रमुख नेता बनिरहेका थिए। भीमराव अम्बेडकरले गान्धीजीद्वारा गरिएको हरिजन शब्दको उपयोगको आलोचना गरेका थिए। यसकै फलस्वरूप सन् १९३४ को गर्मी याममा उनको ज्यान लिने उद्देश्यले तीन असफल प्रयास भएका थिए। जब काङ्ग्रेस पार्टी चुनाव लड्ने भयो र सङ्घीय योजना अन्तर्गत सत्ता स्वीकार गर्यो तब गान्धीजीले पार्टीको सदस्यताबाट राजिनामा दिने निर्णय लिएका थिए। उनी पार्टीको यस कदमबाट असहमत थिएनन् तर यसो गर्दा अहिलेसम्म कम्युनिष्ट, समाजवादीहरू, व्यापार सङ्घहरू, विद्यार्थीहरू, धार्मिक नेताहरू देखि लिएर व्यापार सङ्घहरू लगायतका जे जति आवाज विद्यमान थिए तिनीहरूको माझ पार्टीको सदश्यता मजबूत गर्नमा सजिलो हुने थियो। गान्धी काङ्ग्रेसको लाहौर अधिवेशनसँगै सन् १९३६ मा भारत फर्किएका थिए। सन् १९३८ मा राष्ट्रपति पदको लागि चुनिएका सुभाष बोससँग गान्धीको मतभेद थियो। बोससँगको मतभेदमा गान्धीको मुख्य विन्दू बोसको लोकतन्त्रमा प्रतिवद्धताको कमी तथा अहिंसामा विश्वासको कमी थियो। बोसले गान्धीजीको आलोचना गरेता पनि दोस्रो पटक जीत प्राप्त गर्न सफल भए तर उनले काङ्ग्रेसलाई त्यस समय परित्याग गरे जब सबै भारतीय नेताहरूले गान्धी [६] जीद्वारा लागू गरिएका सबै सिद्धान्तहरूको परित्याग गरेका थिए।
दोस्रो विश्व युद्ध र भारत छोड आन्दोलन
सन् १९३९ मा जब दोस्रो विश्वयुद्ध आरम्भ भयो त्यस बेला नाजी जर्मनीले पोल्यान्डमाथि सुरूमा आक्रमण गरको थियो। गान्धीले अङ्ग्रेज प्रयासहरूको अहिंसात्मक नैतिक सहयोगको पक्ष लिए तर अर्का काङ्ग्रेसको नेताहरूलाई यस युद्धमा जनताको प्रतिनिधिहरूको परामर्श नलिई एकहोरो रूपमा निर्णय गरेकाले यस निर्णयको विरोध गरेका थिए। काङ्ग्रेसको सबै निर्वाचित सदस्यहरूले सामूहिकरूपमा [७] आफ्नो पदबाट राजिनामा दिएका थिए। लामो चर्चापछाडि गान्धीले घोषणा गरे कि जब स्वयं भारतको स्वतन्त्रताबाट अस्वीकार गरिएको हुनाले आफ्नो लोकतान्त्रिक स्वतन्त्रताको लागि बाहिरबाट लड्न भारत कुनै पनि युद्धको लागि तयार हुने छैन । जब युद्ध बढ्दै गयो गान्धीजीले स्वतन्त्रताको लागि आफ्नो माग अङ्ग्रेजलाई भारत छोड आन्दोलन नामक एउटा विधेयक ल्याएर यसलाई तीव्र बनाएका थिए। यो गान्धी तथा काङ्ग्रेस पार्टीको सर्वाधिक स्पष्ट विद्रोह थियो जुन भारतीय सीमा [८] बाट अङ्ग्रेजलाई लखेट्न लक्षित थियो। भारत छोड आन्दोलन सङ्घर्षको एउटा सर्वाधिक शक्तिशाली आन्दोलन बन्यो जति धेरै यसमा व्यापक हिंसा र गिरफ्तारी भएको थियो। [९] प्रहरीको गोलीबाट हजारौँको सङ्ख्यामा स्वतन्त्रता सेनानी मारिए तथा घाइते भए र हजारौँ सेनानीलाई गिरफ्तार गरिएको थियो। गान्धी र उनका समर्थकहरूले भारतलाई स्वतन्त्रता नदिएसम्म लडाईं नछोड्ने स्पष्टता जाहेर गरेका थिए।
गान्धीजी र काङ्ग्रेस कार्यकारणी समितिको सबै सदस्यहरूलाई अङ्ग्रेजद्वारा मुम्बईमा सन् १९४२ अगस्त ९ मा गिरफ्तार गरिएको थियो। गान्धीलाई पुणेको आगा खान प्यालेसमा दुईवर्ष सम्म बन्दी बनाएर राखिएको थियो। गान्धी १८ महिना जेलमा बसेपछि सन् १९४४ फेब्रुअरी २२ मा उनकी श्रीमती कस्तूरबा गान्धीको पनि मृत्यु भएको थियो। यसको ६ हप्तापछि गान्धी पनि महामारी मलेरियाको शिकार हुनु परेको थियो। उनको खराब स्वास्थ्य र आवश्यक उपचारको कारण सन् १९४४ मे ६ मा युद्धको समाप्ति भन्दा पहिले नै उनलाई जेलबाट रिहा गरिएको थियो। यद्यपि भारत छोड आन्दोलनलाई आफ्नो उद्देश्यमा आशिंक सफलता नै प्राप्त भयो तर आन्दोलनको निरङ्कुश दमनले सन् १९४३ को अन्त्यसम्म भारतलाई सङ्गठित गरेको थियो। समयको मागको आधारमा गान्धीले आन्दोलन बन्द गरे जसमा काङ्ग्रेसी नेताहरू सहित लगभग एक लाख राजनीतिक बन्दीहरूलाई रिहा गरिएको थियो।
स्वतन्त्रता र भारतको विभाजन
गान्धीले सन् १९४६ मा काङ्ग्रेसको बेलायती मन्त्रीमण्डल मिसनको प्रस्ताव अस्वीकार गर्ने परामर्श दिए किनभने उनलाई मुस्लिम बाहुलता प्रान्तको लागि प्रस्तावित समूहीकरण प्रति उनको गहन अविश्वास थियो। यद्यपि केही समय गान्धीसँग काङ्ग्रेसद्वारा मतभेदको घटनाबाट यो पनि एउटा घटना बनेको (यद्यपि त्यसका नेत्त्वको कारण होइन) थियो तर नेहरू र पटेल ठान्थे कि यदि काङ्ग्रेस यस योजनाको अनुमोदन गरेन भने सरकारको नियन्त्रण मुस्लिम लिगमा जान्छ। सन् १९४८ को बीच लगभग ५,००० भन्दा पनि धेरै मानिसहरूको हिंसाको क्रममा मारिएका थिए। भारतमा बसोबास गर्ने धेरै हिन्दूहरू तथा सिख र मुस्लिमहरूको भारी बहुमत देशलाई विभाजन गर्ने पक्षमा थियो। यसको अतिरिक्त मुहम्मद अली जिन्ना मुस्लिम लीगको नेताले पश्चिम पञ्जाब, सिन्ध, उत्तर पश्चिम सिमान्त प्रान्त र पूर्वी बङ्गालमा व्यापक सहयोगको परिचय दिए। व्यापकस्तरमा फैलिने हिन्दू मुस्लिम लडाईं रोक्नको लागि नै काङ्ग्रेस नेताहरूले विभाजनको यस योजनामा मञ्जुरी दिएका थिए। गान्धीको नजीकका सहयोगीहरूले बिभाजनलाई एक सर्वोत्तम उपायको रूपमा स्वीकार गरे र सरदार पटेलले गान्धीजीलाई सम्झाउने प्रयास पनि गरे कि नागरिक अशान्ति युद्धलाई रोक्ने यही एउटा उपाय हो । गान्धीले वाध्य भई यसमा अनुमति दिएका थिए।
उनले उत्तर भारत सँग-सँगै बङ्गालमा पनि मुस्लिम र हिन्दू समुदायका नेताहरूबीचको कडा रवैयालाई शान्त गर्नको लागि गहन विचार विमर्श गरेका थिए। सन् १९४७ मा भारत-पाकिस्तान युद्ध पश्चात् पनि उनलाई त्यस समय घचघचाइयो जब सरकारले पाकिस्तानको विभाजन परिषदद्वारा बनाइएको सम्झौता अनुसार ५५ करोड रूपैया नदिने निर्णय गरेको थियो। जब यो माग उठ्न लाग्यो कि सबै मुसलमानहरूलाई पाकिस्तान पठाइयोस् तर मुसलमान र हिन्दू नेताहरूले यस माथि असन्तोष व्यक्त गरे र एक अर्को [१०] सँग सम्झौता नगर्ने अडान लिए । यस कार्यले गान्धीजीलाई गहिरो आघात पुगेको थियो। उनले दिल्लीमा आफ्नो पहिलो आमरण अनशन आरम्भ गरे जसमा सबै साम्प्रदायिक हिंसा तत्काल समाप्त गर्न र पाकिस्तानलाई ५५ करोड रूपैयाँ भुक्तान गर्नको लागि माँग गरेका थिए । [११]
हत्या
सन् १९४८ जनवरी ३० मा गान्धीको गोली हानी हत्या गरिएको थियो जब उनी नयाँ दिल्ली बिरला भवनको मैदानमा राती हिँड्दै थिए। गान्धीको हत्यारा नाथूराम गोडसे एउटा पागल मान्छे थिए जसको कट्टरपन्थी हिन्दू महासभासँग सम्बन्ध थियो जसले गान्धीजीलाई पाकिस्तान [१२] लाई पैसा भुक्तान गर्ने मुद्दामा भारतलाई कमजोर बनाउनको जिम्मेवार ठहर्याइएको थियो। गोडसे र त्यस घटनामा उनको सह षड्यन्त्रकारी नारायण आप्टेलाई पछि अदालतमा मुद्दा चलाएर सजाय सुनाइयो तथा सन् १९४९ नोभेम्बर १५ का दिन उनीहरूलाई फाँसी दिइएको थियो। त्यस समय जनमानसमा चर्चा थियो कि जब गान्धीलाई गोली हानियो तब उनको मुखबाट निस्केको अन्तिम शब्द थियो हे राम। यद्यपि यस कथनमा पनि विवाद उठेको थियो। [१३] त्यस समय जवाहरलाल नेहरूले रेडियोको माध्यमबाट राष्ट्रलाई सम्बोधन गरेका थिए। गान्धीको शवको खरानी (अस्थि) उनको सेवाहरूको सम्झना गराउनको लागि सम्पूर्ण भारतमा लगिएको थियो। जसको अधिकांश इलाहाबादको सङ्गममा सन् १९४८ फेब्रुअरी १२ को दिन पावन जलमा विसर्जित गरिएको थियो र केही अस्थिलाई [१४] पवित्र रूपमा राखिएको थियो। सन् १९९७ मा तुषार गान्धीले बैङ्कमा नपाएको केही अस्थि-कलश र केही सामग्री अदालतको माध्यमबाट इलाहाबाद संगम [१४][१५] गान्धीको अस्थि ३० जनवरी सन् १९९७ मा द सिनसिनाटी पोस्टमा प्रकासित गरेका थिए। तुषार गान्धीले १९५५ मा पत्रिकाहरू द्वारा गान्धीको खरानी बैङ्कमा राखिएको छ भन्ने समाचार प्रकाशित गरी हिरासतमा लिनका लागि अदालतको ढोका खटखटाएका थिए। सन् २००८ जनवरी ३० मा दुबईमा बस्ने एक व्यापारीद्वारा गान्धीको खरानी एक अन्य अस्थि-कलश मुम्बई सङ्ग्रहालय [१४] मा पठाए पश्चात् उनलाई गिरगाम चौपाटी नामक स्थानमा जलमा विसर्जित गरिएको थियो। एक अर्को अस्थि कलश आगा खान जुन पुणे[१४] मा छ (जहाँबाट उनलाई सन् १९४२ मा कैद गरिएको थियो) र दोस्रो आत्मबोध फेलोशिप ताल मन्दिरमा लस एन्जलस मा राखिएको छ। [१४] मा तोडफोड हुने खतरा पैदा हुन सक्दछ ।
लेखन
गान्धी एक सफल लेखक थिए। दशकौँसम्म उनले अनेक पत्रपत्रिकाहरूको सम्पादन गरेका थिए जसमा हरिजन पत्रिका, इन्डियन ओपिनियन यङ इण्डिया आदि सामेल छन्। जब उनी भारतमा फर्किए त्यस समय उनले नवजीवन नामक मासिक पत्रिका निकालेका थिए। पछि नवजीवनको प्रकाशन हिन्दीमा पनि भएको थियो।[१६] यसलाई छोडेर उनले लगभग प्रत्येक दिन व्यक्ति तथा समाचार पत्रहरूलाई पत्र लेख्ने गरेका थिए। गान्धीले केही किताबहरू पनि लेखे। आफ्नो आत्म कथासँग द स्टोरी अफ माइ एक्सपेरिमेन्ट विथ ट्रुथ दक्षिण अफ्रिकामा सत्याग्रह र त्यहाँको सङ्घर्षको बारेमा हिन्द स्वराज वा भारतीय गृह नियम, राजनीतिक प्रचार पत्रिका, र जोन रस्किनको अन्टु दिस लास्टको गुजरातीमा व्याख्या गरेका छन् । [१७] अन्तिम निबन्ध उनको अर्थशास्त्रसँग सम्बधित कार्यक्रम भन्न सकिन्छ। उनले शाकाहारी भोजन र स्वास्थ्य, धर्म, समाजिक सुधारको बारेमा पनि विस्तारसँग लेखेका छन् । गान्धी आमरूपमा गुजरातीमा लेख्ने गर्दथे र आफ्नो किताबलाई हिन्दी र अङ्ग्रेजीमा पनि अनुवाद गर्दथे । गान्धीका सबै लेखन कार्य महात्मा गान्धीको सञ्चित लेख' नामबाट सन् १९६० मा भारत सरकारद्वारा प्रकाशित गरिएको छ। यो लेखन लगभग ५० हजार पानामा समाविष्ट छ र करीव सय खण्डमा प्रकाशित भएको छ। सन् २००० मा गान्धीको सबै लेखन कार्य संशोधित संस्करण विवादको घेरामा आयो किनभने गान्धीका अनुयायीहरूले सरकारमाथि राजनीतिक उद्देश्यको लागि परिवर्तन सामेल गरेको आरोप लगाएका थिए ।[१८]
गान्धीका बारेमा पुस्तकहरू
कयौँ जीवनी लेखकहरूले गान्धीको जीवन वर्णनको कार्य लिएका छन्। त्यसमध्ये दुई कार्य बेग्लै छन् :- डीजी तेन्दुलकर आफ्नो महात्मासँग मोहनदास करमचन्द गान्धीको जीवन आठ खण्डमा छ र महात्मा गान्धीसँग प्यारेलाल र सुशीला नायर १० खण्डमा छन्। अमेरिकी सेनाको कर्नल जी बी सिंहले भनेको आफ्नो तथ्यात्मक अनुसन्धान पुस्तक देवत्वको मुखुण्डोमा गान्धीको मूल भाषण र लेखनको लागि उनले आफ्नो २० वर्षको लामो समय लगाएका थिए।
अनुयायीहरू र प्रभाव
विश्वका महत्त्वपूर्ण नेता र राजनीतिक गतिविधिहरू गान्धीबाट प्रभावित छन्। अमेरिकाको नागरिक अधिकार आन्दोलनको नेताहरूमा मार्टिन लुथर किङ(जुनियर) र जेम्स लाभसन गान्धीको लेखन र उनैको सिद्धान्तबाट निकै आकर्षित भएका थिए।[१९] रङ्गभेद विरोधी कार्यकर्ता र दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला पनि गान्धीबाट प्रेरित थिए।[२०] र अन्य उनका अनुयायीहरुमध्ये खान अब्दुल गफ्फार खान [२१] स्टीभ बिको|स्टीव बिको, र आङ सान सुकी प्रमुख थिए।[२२]
गान्धीको जीवन तथा उपदेशले धेरै मानिसहरूलाई प्रेरित गर्दछन्, जसले गान्धीलाई आफ्नो गुरु मान्दछन् या जसले गान्धीको विचारको प्रचार प्रसार गर्नमा आफ्नो जीवन समर्पित समेत गर्छन्। युरोपका रोआमा रोला पहिलो व्यक्ति थिए जसले सन् १९२४ मा आफ्नो किताब महात्मा गान्धीमा गान्धीमाथि चर्चा गरेका थिए र ब्राजिलको बिद्रोहीवादी र नारीवादी मारिया लासर्दा दा माउराले आफ्नो कार्य शान्तिवादमा गान्धीको बारेमा लेखेकी थिइन्। सन् १९३१ मा उल्लेखनीय भौतिक वैज्ञानिक अल्वर्ट आइन्स्टाइन गान्धीसँग पत्राचार गर्थे र पत्र पत्रिकाहरूमा उनलाई आउने पुस्ताको आदर्श भनेका थिए।[२३]लान्जा डेल भास्तो महात्मा गान्धीसँग बस्ने अभिप्रायले सन् १९३६ मा भारत आए र पछि गान्धी दर्शन फैलाउनको लागि उनी यूरोप फिर्ता आए र सन् १९४८ मा उनले कम्युनिटी अफ द आर्कको स्थापना गरेका थिए। (गान्धीको आश्रमबाट प्रभावित भएर) मेडेलिन स्लेड (मीराबेन) ब्रिटिस जल सेनापतिकी छोरी थिइन् उनले आफ्नो युवा जीवनको धेरैजसो समय गान्धीको भक्तको रूपमा भारतमा बिताएकी थिइन्।
यसका अतिरिक्त बेलायती सङ्गीतकार जोन लेननले अहिंसामाथि आफ्नो विचार व्यक्त गर्दा गान्धीको उदाहरण दिएका थिए।[२४] सन् २००७ लायन्स कान अन्तर्राष्ट्रिय समारोहमा अमेरिकाका पूर्व उपराष्ट्रपति र पर्यावरणविद् अल्बर्ट गोरले उनी माथि गान्धीको प्रभाव रहेको बताएका थिए।[२५]
पैतृक सम्पति
२ अक्टोबर गान्धीको जन्मदिन हो यसकारण गान्धी जयन्तीको अवसरमा भारतमा राष्ट्रिय विदा हुन्छ। सन् २००७ जुन १५ मा संयुक्त राष्ट्र महासभामा एक प्रस्तावको घोषणा गरियो कि २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस को रूपमा मनाइनेछ।
अन्य सूत्रहरूको अनुसार नौतम लाल भगवानजी मेहताले सन् १९१५ जनवरी २१ मा उनलाई यो महात्माको संज्ञा दिएका थिए। यद्यपि गान्धीले आफ्नो आत्मकथामा भनेका छन् कि उनलाई कहिल्यै लागेन कि उनी यस सम्मानको योग्य छन् ।[२६] मानपत्रका अनुसार, गान्धीलाई उनको न्याय र सत्यको सह्रानीय बलिदानको लागि महात्मा नाम दिइएको हो ।[२७]
१९३० मा टाइम पत्रिकाले महात्मा गान्धीलाई वर्ष पुरूषको रूपमा सम्मान दिएको थियो। सन् १९९९ मा गान्धी अल्वर्ट आइन्स्टाइन जसलाई शताब्दीको पुरूष]] नाम दिइयो र गान्धी त्यस सुचिमा पनि दोश्रो स्थानमा रहेका थिए। टाइम पत्रिकाले दलाई लामा, लेच सा, डा मार्टिन लूथर किङ, जूनियर, सेसर शाउनीज, आङ सान सुकी, बेनिग्नो अकुइनो जूनियर, डेसमण्ड टूटू र नेल्सन मण्डेलालाई गान्धीको पुत्रको रूपमा चित्रित गरे र उनको अहिंसाको आद्यात्मिक उतराधिकारी मानेका थिए।[२८] भारत सरकारले हरेक वर्ष उल्लेखनीय समाजिक कार्यकर्ताहरू, विश्वका नेताहरू र नागरिक हरूलाई महात्मा गान्धी शान्ति पुरस्कारबाट पुरस्कृत गर्ने गर्दछ। नेल्सन मन्डेला दक्षिण अफ्रिकाको नेता जो कि जातीय मतभेद र पार्थक्यको उन्मूलनमा सङ्घर्षरत् रहे यस पुरस्कारको लागि एक प्रवासी भारतीयको रूपमा प्रबल दावेदार हुन्।
सन् १९९६ मा भारत सरकारले महात्मा गान्धीको शृङ्खलाको नोटको मुद्रणको १,५,१०,२०,५०,१००,५०० र १,००० का नोट प्रकाशित गरेको थियो। आज भारतमा जति पनि नोटहरू प्रयोगमा रहेका छन् ती सबैमा महात्मा गान्धीको तस्वीर अङ्कित रहेको छ। सन् १९६९ मा संयुक्त अधिराज्यले हुलाक टिकटको एक शृङ्खला महात्मा गान्धीको शतवार्षिक जयन्तीको उपलक्ष्यमा जारी गरेको थियो।
संयुक्त अधिराज्यमा गान्धीजीका यस्ता अनेक प्रतिमाहरू खास स्थानहरूमा छन् जस्तै ताभिस्टोक स्क्वायरको छेऊ ताभीस्टोक चोक, लन्डन विश्वविद्यालय कलेज जहाँ उनले कानुनको शिक्षा प्राप्त गरेका थिए। संयुक्त अधिराज्यमा जनवरी ३० का दिन राष्ट्रिय गान्धी स्मृति दिवस मनाउने गरिन्छ। संयुक्त राज्य अमेरिकामा गान्धीको प्रतिमाहरू न्युयोर्क सहरमामा रहेको युनियन स्क्वायर बाहिर र एटलान्टामा मार्टिन लुथर किङ जुनियर राष्ट्रिय ऐतिहासिक स्थल र वासिङ्गटनमा भारतीय दूतावासको नजिक मेसाचुसेट्स मार्गमा रहेको छ। त्यस्तै दक्षिण अफ्रिकाको पिटरमेरिट्सबर्ग शहरमा भारतीय दूतावासको नजिक, जहाँ सन् १८९३ मा गान्धीजीलाई रेलको प्रथम-श्रेणीबाट निकालिएको थियो त्यहाँ उनको स्मृतिमा एउटा प्रतिमा स्थापित गरिएको छ। गान्धीको प्रतिमाहरू मेडम तुसादको मैन सङ्ग्रहालय, लन्डनमा, न्युयोर्क र विश्वको अनेक सहरहरूमा उनको सम्मानमा स्थापित गरिएका छन्।
महात्मा गान्धी सन् १९३७ देखि सन् १९४८ को बीचमा पाँच पटक शान्तिको नोबेल पुरस्कारको लागि मनोनित भए जसमा अमेरिकन फ्रेन्ड्स सर्भिस समितिद्वारा दिइएको नामाङ्कन पनि सामेल छ।[२९] तर यो पुरस्कार गान्धीलाई कहिल्यै पनि प्राप्त भएन। दशकौँ पश्चात् नोबेल समितिले आफ्नो यस भूल प्रति खेद भएको सार्वजानिक रूपमा घोषित गरेको थियो र उनीहरूले यो पनि स्वीकार गरे कि पुरस्कार नदिनुको कारण विभाजित राष्ट्रिय विचार रहेको थियो। महात्मा गान्धीलाई यो पुरस्कार सन् १९४८ मा दिन लागिएको थियो तर उनको हत्याको कारण यसलाई रोकियो । त्यस वर्ष दुई नयाँ राष्ट्र भारत र पाकिस्तानबीचमा युद्ध आरम्भ हुनु पनि एउटा जटिल कारण थियो।[३०] गान्धीको मृत्यु वर्ष सन् १९४८ मा पुरस्कार यस कारणबाट दिइएन किन भने त्यस समय कोई जीवित योग्य उम्मेदवार थिएनन् । जब सन् १९८९ मा दलाई लामालाई यस पुरस्कारले पुरष्कृत गरियो त्यस समय यस समितिका अध्यक्षले भने यो महात्मा गान्धीको यादमा श्रद्धाञ्जलीको नै एउटा हिस्सा हो ।[३१]
भारत सरकारले सन् १९७१ मा बिरला भवन (वा बिरला हाउस),नयाँ दिल्ली अधिग्रहण गर्यो जहाँ सन् १९४८ जनवरी ३० मा गान्धीको हत्या गरिएको थियो र यो सन् १९७३ मा गान्धी स्मृतिको रूपमा जनताको लागि खोलिएको थियो। यो स्मृतिले त्यस कोठालाई संरक्षण गरेको छ जहाँ गान्धीले आफ्नो अन्तिम समयको चार महिना बिताएका थिए र त्यो मैदान पनि जहाँ राती हिडडुलका लागि गएकै बेला उनको हत्या गरिएको थियो। यहाँ रहेको एउटा शहीद स्तम्भले त्यस स्थानलाई अङ्कित गर्दछ जहाँ उनको हत्या गरिएको थियो।
प्रति वर्ष ३० जनवरीको दिन महात्मा गान्धीको पुण्यतिथिमा कतिपय देशको स्कूलहरूमा अहिंसा र शान्तिको दिन मनाइन्छ जसको स्थापना सन् १९६४ स्पेनमा भएको थियो। दक्षिणी गोलार्द्धको पात्रो प्रयोग हुने ठाउँमा ३० मार्चमा यो दिवस मनाइन्छ।
आदर्श र आलोचनाहरू
गान्धीको कठोर अहिंसाको नतीजा शान्तिवाद हो, जुन राजनीतिक क्षेत्रबाट आलोचनाको एउटा मूल आधार बनेको थियो।
विभाजनको सङ्कल्पना
नियमको रूपमा गान्धी विभाजनको अवधारणाको बिरूद्ध थिए किन भने यो उनको धार्मिक एकताको दृष्टिकोणको प्रतिकूल थियो।[३२] सन् १९४६ अक्टोबर ६ मा भारतको विभाजनमा हरिजन) पत्रिकामा उनले ६ अक्टोबरको अंकमा भारतको विभाजन पाकिस्तान बनाउनको लागि भन्ने बारेमा लेखेका थिए।
(पाकिस्तानको माग) मुस्लीम लीगद्वारा प्रस्तुत गरिएको गैर-इस्लामी हो र म यसलाई पापयुक्त भन्न हिच्किचाउँदिन इस्लाम मानव जातिको भाइचारा र एकताको लागि हो न कि मानव परिवारको एकतालाई अवरोध गर्नको लागि । यस कारण भारत युद्धको दुई समुहमा विभाजित होस् भन्ने चाहनेहरू भारत र इस्लाम दुबैका शत्रु हुन् । उनीरू मलाई टुक्रैटुक्रा पारेर काट्न सक्दछन् तर मलाई त्यस चीजको लागि मन्जुर गर्न सक्दैनन् जसलाई म गलत सम्झन्छु। हामीले आस छोडनु हुँदैन, यसको बावजूद पनि सपनाका कुरा भइहेको छ कि मुसलमानहरूलाई आफ्नो प्रेमको कैदमा अबलाम्बित गर्नुपर्दछ। [३३]
ज्याक होमर गान्धीको जिन्नासँग पाकिस्तानको विषयलाई लिएर भएको एउटा लामो पत्राचारमा ध्यान दिँदै भन्दछन् - हुन त गान्धी वैयक्तिक रूपमा विभाजनको बिरूद्ध थिए, उनले सहमतिको सुझाव दिए जसको अनुसार काङ्ग्रेस र मुस्लिम लीग अस्थायी सरकारले निम्न सम्झौता गर्दागर्दै आफ्नो स्वतन्त्रता प्राप्त गरे जसको पछि विभाजनको प्रश्नको फैसला ती जिल्लाहरूको जनमतद्वारा हुनेछ जहाँ मुसलमानहरूको सङ्ख्या बढी छ ।[३४].
भारतको विभाजनको विषयलाई लिएर गान्धीले दोहोरो स्थिति राख्नुलाई यसबाट हिन्दुहरू र मुसलमानहरू दुबै तर्फबाट आलोचनाको बाटो खोलिदिए। मुहम्मद अली जिन्ना तथा समकालीन पाकिस्तानीहरूले गान्धीको मुसलमान राजनीतिक हकलाई कम मानेको भनी आलोचना गरेका थिए। विनायक दामोदर सावरकर र उनका सहयोगीहरूले गान्धीको आलोचना गरे र आरोप लगाए कि उनी राजनीतिक रूपमा मुसलमानहरूलाई मनाउने तर्फ लागे र हिन्दुहरू माथि भइरहेको अत्याचार प्रति उनी लापरवाह बन्दै पाकिस्तान निर्माणको लागि स्वीकृति दिए (गान्धीले सार्वजानिक रूपमा यो घोषणा गरेका थिए कि विभाजन भन्दा पहिले मेरो शरीरलाई दुई भागमामा काटि दिनू । यो आज पनि राजनीतिक रूपबाट बिबादास्पद छ। पाकिस्तानी-अमेरिकी इतिहासकार आयशा जलाल यो तर्क दिन्छिन् कि विभाजनको कारण गान्धी र काङ्ग्रेस मुस्लिम लीगसँग सत्ता बाँड्न इच्छुक थिएनन्, अरू मुसलमान हिन्दू राष्ट्रवादी राजनेता प्रविण तोगडिया पनि गान्धीको यस विषयलाई लिएर नेतृत्वको आलोचना गर्दछन्। र यो पनि इसारा गर्दछन् कि उनको अत्याधिक कमजोरीको कारणले नै भारतको विभाजन भएको थियो।
गान्धीले सन् १९३० को अन्त्य-अन्त्यमा विभाजनको लिएर इजरायलको निर्माणको लागि प्यालेस्टाइननको विभाजन प्रति पनि आफ्नो अभिरुचि जनाएका थिए सन् १९३८ अक्टोबर २६ मा उनले हरिजन पत्रिकामा भनेका थिए।:
मलाई कतिपय पत्र प्राप्त भएका छन् जसमा मसँग जर्मनीमा यहूदीहरूको उत्पीडन र अरबका यहूदीहरूको बारेमा मेरो विचार के छ भनेर सोधिएको थियो। यस्तो होइन कि यस कठिन प्रश्नमा आफ्नो विचार म बिना झन्झट दिन सक्दछु। मेरो सहानुभूति यहुदीहरूसँग छ। म उनीहरूसँग दक्षिण अफ्रिकाबाट नै नजिकबाट परिचित छु। केही त आफ्नो जीवनभरको लागि मेरो साथी बनेका छन्। यी मित्रहरूद्वारा नै मलाई लामो समयदेखि भइरहेको उत्पीडनको बारेमा जानकारी प्राप्त भयो। उनीहरू माथिको मेरो सहानुभूति मलाई न्यायको आवश्यकताबाट विवेकशून्य गर्दैन। त्यसैले यहूदीहरूको लागि एउटा राष्ट्रको कामनाले मलाई उतिसारो आकर्षित गर्दैन। जसको मन्जुरी बाईबलमा दिइयो र जुन जिद्दीबाट उनीहरू आफ्नो फिर्तीमा प्यालेस्टाइनलाई रुचाउन थालेका छन्। किनभने उनी पृथ्वीका अरू मानिसहरूसँग प्रेम गर्दैनन्, त्यस देशलाई आफ्नो घर बनाउँदैनन् जहाँ उनको जन्म भयो र जहाँ उनले जीविकोपार्जन गरे। प्यालेस्टाइन अरबहरूको हो ठीक उसैगरी जसरी इङगल्याण्ड अङ्ग्रेजको र फ्रान्स फ्रान्सेलीहरूको। यहूदिहरूको अरबहरू माथि अधिरोपित गर्न अनुचित र अमानवीय हो जे जस्तो पनि आज प्यालेस्टाइनमा भइरहेको छ त्यसलाई कुनै पनि आचार संहिताबाट सही साबित गर्न सकिन्न ।
हिंसक प्रतिरोधको अस्वीकृति
जो मानिसहरू हिंसाको माध्यमले स्वतन्त्रता हासिल गर्न चाहन्थे गान्धी तिनको आलोचनाको कारण पनि धेर थोर राजनीतिक आगोको चपेटमा परे भगत सिंह, सुखदेव, उधम सिंह, राजगुरुलाई सुनाइएको विचारको बिरोध केही दलहरूमा उनको आलोचनाको कारण बन्यो ।[३५] यस आलोचनाको लागि गान्धीले भने, एउटा यस्तो समय थियो जब मानिसहरू मलाई सुन्ने गर्थे कि अङ्ग्रेजहरूसँग बिना हतियार कसरी लड्न सकिन्छ किन भने त्यतिबेला हतियार थिएनन्। तर अहिले आएर मलाई ज्ञात हुन्छ कि मेरो अहिंसा कुनै कामको छैन किन भने यसबाट हिन्दू-मुसलमानहरूको भिडन्त रोक्न सकिन्न यसकारण आत्मरक्षाको लागि सशस्त्र हुन पर्दछ।
उनले आफ्नो बहस कतिपय लेखहरूमा गरे, जसमध्ये होमर ज्याक्सको द गान्धी रीडर: एक श्रोत उनको लेखन र जीवन को पनि एक रहेको छ। सन् १९३८ मा जब पहिलो पटक यहूदीवाद र सेमेटीसम विरोधी लेखियो, गान्धीले सन् १९३० मा भएको जर्मनीमा यहूदिहरू माथि भएको उत्पीडनको सत्याग्रहको समय बताए कि उनले जर्मनीमा यहूदिहरूद्वारा सहनुपरेका कठिनाइहरूको लागि अहिंसाको तरिकाको प्रयोग गर्नको भनेका थिए।
यदि म एक यहुदी हुन्थेँ र जर्मनीमा जन्मेको हुन्थें र आफ्नो जीविकोपार्जन त्यहींबाट गरिरहेको हुन्थें भने जर्मनीलाई नै आफ्नो घर मान्ने थिएँ । यसको वावजूद कि कोइ सभ्य जर्मन मलाई धम्क्याउँछ वा उसले मलाई गोली हान्छ वा कुनै अँध्यारो कारागारमा फ्याँकिदिन्छ। म निकाला र मतभेदी आचरणको अधीनमा हुनबाट अस्विकार गर्नेछु र यसको लागि म यहुदी भाइहरूको प्रतीक्षा गर्दिनँ। उनीहरू आउन् र मेरो वैधानिक प्रतिरोधमा म सँग जोडियुन्, बरू मलाई आत्मविश्वास होला कि अन्तिममा सबै मेरा उदाहरण मान्नको लागि बाध्य हुनेछन् । यहाँ जुन सुझाव दिइएको छ यदि एउटा पनि यहूदी स्वीकार गर्छन् भने उनको स्थिति जुन अहिलेको समयमा छ त्यसभन्दा खराब हुने छैन । र यदि दिइएको पीडा उनी स्वेच्छापूर्वक सहन सक्छन भने त्यसले उनीहरूलाई भित्री शक्ति र आनन्द प्रदान गर्नेछ र हिटलरको सुविचारित हिंसा पनि यहूदिहरूको एउटा साधारण नरसंहारको रूपमा निष्कर्षित हो तथा यो त्यसका अत्याचारहरूको घोषणाको विरुद्ध पहिलो जवाफ हुनेछ । यदि यहूदिहरूको मन मस्तिष्क स्वेच्छापूर्वक पीडा सहनको लागि तयार छ भने मेरो कल्पना बिनासको दिन पनि धन्यवाद ज्ञापन र आनन्दको दिनमा बदलिनेछ।[३६]
गान्धीको यी वक्तव्यहरूको कारण प्रसस्त आलोचना भयो जसको जवाफ उनले यहुदीहरू माथि प्रश्न लेखमा दिए साथमा उनका मित्रहरूले यहूदिहरूलाई गरिएको मेरो अपीलको आलोचनामा समाचार पत्रका दुई कटिङ पठाएका थिए। आलोचनाहरूले यो सङ्केत गर्छ जसले यहूदिहरूको बिरूद्ध भएको अन्यायको उपाय भनियो त्यो बिल्कुलै नयाँ थिएन। उनले आलोचनाहरूको उत्तर यहुदी मित्रहरूलाई जवाफ र यहुदी र प्यालेस्टाइन मा दिएका थिए। यहूदिहरूलाई आसन्न आहुतिलाई लिएर गान्धीको बयानले कतिपय आलोचकहरूको आलोचना आकर्षित गरेका थिए। मार्टिन बबर जो स्वयं यहुदी राज्यको एउटा विरोधी थिए उनले गान्धीलाई सन् १९३९ फेब्रुअरी २४ मा एउटा कटु आलोचनात्मक पत्र लेखे। बबरले दृढतासँग भने कि अङ्ग्रेजद्वारा भारतीय मानिसहरूसँग जुन व्यवहार गरिएको थियो त्यही नाजिहरूद्वारा यहूदिहरूसँग गरिएको व्यवहार भन्दा भिन्न छ, यसको अलावा जब भारतीय उत्पीडनको शिकार थिए। त्यस समय गान्धीले केही अवसरमा बलको प्रयोगको समर्थन गरेका थिए। गान्धीले सन् १९३० मा जर्मनीमा यहूदिहरूको उत्पीडनलाई सत्याग्रह भित्र नै सन्दर्भित हो भनी भनेका थिए । सन् १९३८ नोभेम्बरमा उपरावित यहूदिहरूको नाजी उत्पीडनको लागि उनले अहिंसाको उपाय देखाए :
मलाई यस्तो महसुस भयो कि यहूदिहरूको जर्मन उत्पीडन इतिहासमा कुनै सामानान्तर होइन। पुरानो जमानाको तानाशाह कहिल्यै यति पागल थिएनन् जति हिटलर भए र यसलाई उनी धार्मिक उत्साहसँग गर्दछन् कि उनी एक यस्ता अनन्य धर्म र जंगी राष्ट्रको प्रस्तुत गरिरहेका छन् जसको नाममा कोई पनि अमानवीयता मानवीयताको नियम बन्दछ जसलाई अहिले र भविष्यमा पुरस्कृत गरिनेछ । ज्ञात रहोस कि एउटा पागल तर निडर युवाद्वारा गरिएको अपराध सम्पूर्ण जाति माथि अविश्वसनीय उग्रताका साथ छाप छोड्नेछ। यदि कहिल्यै कोई न्यायसंगत युद्ध मानवताको नाममा एउटा पुरा कामको प्रति जर्मनीको बर्बर उत्पीडनको बिरूद्ध युद्धलाई पूर्णरूपबाट उचित भन्न सकिँदो हो । तर म कुनै युद्धमा विश्वास राख्दिनँ। यसलाई युद्धको नाफा-नोक्सानको बारेमा चर्चा मेरो अधिकार क्षेत्रमा छैन । तर जर्मनीद्वारा यहूदिहरू माथि गरिएको यस किसिमको अपराध बिरूद्ध युद्ध गर्न सकिन्न र जर्मनीसँग गठबन्धन पनि गर्न सकिन्न। यो कसरी हुनसक्छ कि एउटा यस्तो देशको बीच गठबन्धन होस् जसबाट न्याय र प्रजातन्त्रको आश गरिन्छ र दोस्रो जसलाई दुबैको शत्रु घोषित गरिएको छ?
दक्षिण अफ्रिकाको प्रारम्भिक लेख
गान्धीको दक्षिण अफ्रिकालाई लिएर सुरुवाती लेख निकै बिबादास्पद छ सन् १९०८ मार्च ७ मा, गान्धीले इन्डियन ओपिनियन पत्रिकामा दक्षिण अफ्रिकामा उनको कारागार जीवनको बारेमा लेखे काफिर शासन नै असभ्य हो - कैदीको रूपमा उनीहरू कष्टदायक, फोहोरी र लगभग पशुहरूको समान समय व्यतित गर्छन्। सन् १९०३ मा आप्रवासको विषयलाई लिएर गान्धीले टिप्पणी गरे कि म मान्दछु कि जति उनी आफ्नो जातिको शुद्धता माथि विश्वास गर्दछन् उति हामी पनि मानौं कि दक्षिण अफ्रिकामा रहेको गोरो जाति छ उनी नै श्रेष्ठ जाति हुनु पर्दछ। दक्षिण अफ्रिकामा बसोबासको क्रममा गान्धीले पटक-पटक भारतीयहरूलाई अश्वेतसँग समाजिक वर्गीकरणलाई लिएर विरोध गरेका थिए। जसको बारेमा उनी वर्णन गर्दछन् कि निसंदेह पूर्णरूपबाट काफिरबाट श्रेष्ठ हुनुहोस्। यो ध्यान दिन योग्य छ कि गान्धीको समयमा काफिरलाई वर्तमानमा प्रयोग भइरहेको अर्थ भन्दा एउटा भिन्न अर्थ थियो। गान्धीका यी कथनले उनलाई केही मानिसहरूद्वारा जातिवादी भएको आरोपको लगाउने मौका दिएको थियो।
इतिहासका दुई प्रोफेसर सुरेन्द्र भाना र गुलाम वाहेद जो दक्षिण अफ्रिकाको इतिहासमा जानकारी राख्दछनले आफ्नो मूलग्रन्थ द मेकिङ अफ अ पोलिटिकल रिफोर्मर: गान्धी इन साऊथ अफ्रिका, १८९३ - १९१४ मा यस विवादको जाँच गरेका छन्। (नयाँ दिल्ली:मनोहर,२००५) मा एउटा अध्याय एकको केन्द्रमा गान्धी, औपनिवेशिक स्थितिमा जन्मे अफ्रीकी र भारतीय जो कि श्वेत आधिपत्यमा अफ्रीकी र भारतीय समुदायहरूको सम्बन्धमा छ तथा ती नीतिहरूमा जुनको कारणबाट विभाजन भयो (र उनी तर्क दिन्छन् कि यी समुदाहरूको बीच सङ्घर्ष लाजिमी किसिमको हो) यस सम्बन्धको बारेमा उनी भन्दछन् युवा गान्धी सन् १८९० मा त्यस विभाजीय विचारबाट प्रभावित थिए जो कि त्यस समय प्रबल थियो। साथ साथै उनी यो पनि भन्दछन्, गान्धीको जेलको अनुभवले उनलाई ती मानिसहरूको स्थिति प्रति अरु संवेदनशील बनाइदिएको थियो जसले गान्धी अझ दृढ भएका थिए। उनी अफ्रीकीहरू प्रति आफ्नो अभिव्यक्तिमा पूर्वाग्रह लिएर एकदमै कम निर्णायक भए र वृहत स्तरमा समान कारणको बिन्दुहरू देख्न लागेका थिए। जोहान्सबर्ग जेलमा उनको नकारात्मक दृष्टिकोणमा निरङ्कुश अफ्रीकी कैदी थिए न कि साधारण अफ्रीकी त्यहाँ रहेका थिए।
दक्षिण अफ्रिकाको पूर्व राष्ट्रपति नेल्सन मन्डेला गान्धीका अनुयायी हुन्। सन् २००३ मा गान्धीका आलोचकहरूद्वारा प्रतिमाको अनावरण रोक्ने कोशिशको बावजूद उनले उनलाई जोहानेसवर्गमा अनावृत गरे। भाना र वाहेदले अनावरण कार्यक्रमको छेउछेउ भएका घटनाहरू माथि द मेकिङ अफ अ पोलिटिकल रिफोर्मार: गान्धी इन साऊथ अफ्रिका, सन् १९१३-१९१४ मा टिप्पणी गरेका थिए उनले यस किताबको अनुभाग दक्षिण अफ्रिकाको लागि गान्धीको विरासतमा लेखेका थिए गान्धीले दक्षिण अफ्रिकाको सक्रिय कार्यकर्ताहरूलाई आगामी पुस्ताहरूमा श्वेत अधिपत्य समाप्त गर्नको लागि प्रेरित गरे। यो विरासत उनलाई नेल्सन मन्डेलासँग जोड्दछ। जुन काम गान्धीले शुरू गरेका थिए उनलाई मण्डेलाले पूरा गरे।[३७] उनी भन्छन् ती विवादको हवाला दिँदै जसले गान्धीको प्रतिमाको अनावरणको क्रममा उठेका थिए ।[३८] गान्धी प्रति यी दुई दृष्टिकोणको प्रतिक्रिया स्वरूप भाना र वाहेद तर्क दिन्छन् : उनी मानिसहरूलाई दक्षिण अफ्रिकामा रङ्गभेद पश्चात आफ्नो राजनीतिक उद्देश्यको लागि गान्धीलाई सही ठहर्यानउन चाहन्छन्। [३९]
राज्य विरोधी
गान्धी त्यस राज विरोधीको रूपमा थिए जहाँ उनको दृष्टिकोणले त्यस भारतको हो जुन कुनै सरकारको अधीन नहोस् ।[४०] उनको विचार थियो कि एउटा देशमा इमान्दार स्वशासनको अर्थ हुन्छ कि प्रत्येक व्यक्ति आफैं माथि शासन गरोस् तथा कुनै यस्तो राज्य नहोस जसले मानिसहरू माथि कानुन लागु गर्न सकोस् ।[४१][४२] केही मौकामा उनले स्वयंलाई एउटा दार्शनिक अराजकतावादी भनेका छन् ।[४३] उनको अर्थमा एउटा स्वतन्त्र भारतको अस्तित्व ती हजारौं साना साना आत्मनिर्भर समुदायहरूबाट बन्छ (सम्भवतः लेभ टालस्टोयको विचार) जो अरूको बाटोको अडचन नबनी आफैं माथि राज्य गर्दछन्। यसको यो मतलब थिएन कि ब्रिटिशद्वारा स्थापित प्रशासनिक ढाँचाको भारतीहरूलाई स्थानान्तरित गरिदिन जसको लागि उनले भने कि हिन्दूस्तानलाई इङ्लिस्तान बनाउनु रहेको छ। [४४] बेलायती ढाँचाको संसदीय तन्त्र माथि कुनै विश्वास नहुनाको कारण उनी भारतमा स्वतन्त्रता पश्चात् काङ्ग्रेस पार्टीलाई भङ्ग गरेर प्रत्यक्ष लोकतन्त्र प्रणालीको [४५] स्थापित गर्न चाहन्थे ।[४६]
चित्र दीर्घा
-
गान्धीको सत्यवादी नीति - साबरमति सन् १९२७ मार्च १३
-
सन् १९३१ सेप्टेम्बर २६मा गान्धी टेक्सटाइल कायकर्ताहरू सँग
-
सन् १९४० मा गान्धी रविन्द्रनाथ टेगोरसँग
-
गान्धीजीले सुरुगरेको पत्रिका यंग इन्डिया
-
अमेरिकाको टेक्ससमा गान्धी
यो पनि हेर्नुहोस्
- अन्तर्राष्ट्रिय गान्धी स्मारक फाउन्डेशन
- गान्धी शान्ति पुरस्कार
- महात्मा गान्धीको कलात्मक वर्णनको सूची
सन्दर्भ सामग्री
- ↑ Gandhi, Rajmohan (2006), pg 1-3.
- ↑ Gangrade (2004), pp 154-155.
- ↑ "विद्रोही किशोरदेखि भारतका राष्ट्रपितासम्म: महात्मा गान्धीको जीवनका प्रमुख सात पक्ष", बीबीसी नेपाली, अन्तिम पहुँच २ अक्टोबर २०२०।
- ↑ http://www.gandhism.net/sergeantmajorgandhi.php सर्जेन्ट मेजर गान्धी
- ↑ "तोल्स्तोयको चिठी गान्धीलाई र केसी–सत्याग्रह", नागरिक समाचार, अन्तिम पहुँच २ अक्टोबर २०२०।
- ↑ आरगान्धी, पटेल : एक जीवन, पीपी .२७७ - ८१ .
- ↑ आरगान्धी, पटेल : एक जीवन, पीपी .२८३ - ८६ .
- ↑ आरगान्धी, पटेल : एक जीवन, पी.३०९ .
- ↑ आरगान्धी, पटेल : एक जीवन, पी.३१८ .
- ↑ आरगान्धी, पटेल : एक जीवन, पी.४६२ .
- ↑ आरगान्धी, पटेल : एक जीवन, पीपी .४६४ - ६६ .
- ↑ आरगान्धी, पटेल : एक जीवन, पी.४७२ .
- ↑ विनय लाल।' हे राम ' : गान्धीको अन्तिम शब्दहरूको राजनीति ह्यूमेन ८, सङ्ख्या. १ ( जनवरी २००१ ): पीपी३४ - ३८ .
- ↑ १४.० १४.१ १४.२ १४.३ १४.४ "गान्धीको खरानी समुद्रमा आराम गर्नको लागि भनेर राखियो " १६ जनवरी २००८
- ↑ [१]
- ↑ वि.एन द्वारा अद्वितीय सञ्चारक नारायणन जीवन सकारात्मकता सँग, अक्टोबर-डिसेम्बर २००२
- ↑ Gandhi, M. K., Unto this Last: A paraphrase (English; trans. from Gujaratiमा), Ahmedabad: Navajivan Publishing House, आइएसबिएन 81-7229-076-4।
- ↑ महात्मा गान्धीको सञ्चित लेख (सिडब्ल्युएमजी ) विवाद
- ↑ कोम्मेमोरातिङ मार्टिन लुथर किङ जूनियर राजामाथि गान्धीको प्रभाव
- ↑ नेल्सन मन्डेला, एक पवित्र योद्धा: दक्षिण अफ्रिकाको मुक्तिदाता भारतको मुक्तिदाता को मौलिक कार्यहरू हेर्नुहोस्। टाइम पत्रिका, ३ जनवरी २०००.
- ↑ पाकिस्तानी शान्तिवादको समर्थक अब्दुल गफ्फार खान एक शान्तिवादी तथा खुला विचारका थिए
- ↑ एक वैकल्पिक गान्धी
- ↑ गान्धीको बारेमा आइन्स्टाइन
- ↑ अमर लेनन rollingstone.comबाट लिइएको २० मे, २००७ पुनः प्राप्त गरिएको
- ↑ 2007/fullstory2007.asp?section_id=13&news_id=26524&tag=21387&pict=2 गान्धीगिरी र ग्रीन लिओन, अल गोरले केन्सको विश्वास जिते exchange४media.comबाट लिएको हो २३ जुन सन् २००७मा पुनः प्राप्त गरिएको
- ↑ एमके.गान्धी: एक आत्मकथा, २१ मार्च सन् २००६ मा पुनः प्राप्त गरिएको
- ↑ मोहनदास कसरी र कहिले प्रलेखन। गान्धी आफ्नो नामको अनुरूप नै "महात्मा"' बने २१ मार्च सन् २००६मा पुनः प्राप्त गरिएको
- ↑ 9171,993026,00.एच. टी.एम. एल गान्धीका सन्तान टाइम (पत्रिका) २१ अप्रिल सन् २००७मा पुनः प्राप्त गरिएको
- ↑ AFSCको पूर्व नोबेल नाआमाकन.
- ↑ अमित बरुआ "गान्धीलाई नोबेल पुरस्कार नदिइनु ठूलो भूल थियो".द हिन्दू ,२००६. १७ अक्टोबर मा पुनः प्राप्त गरिएको
- ↑ ओयेविंद टोंनेस्सों महात्मा गान्धी, बिर्सिएका सम्मानित व्यक्ति नोबेल-ई-सङ्ग्रहालय शान्ति सम्पादक/सम्पादन, १९९८-२०००।२१ मार्च २००६मा पुनः प्राप्त गरिएको
- ↑ The एसेन्सियल गान्धीमा पुनः प्रकाशित : उनको जीवन, कार्यहरू, र विचारको सङ्ग्रह। लुइस फिसर, २००२ (पुनर्मुद्रित संस्करण) पिपी.१०६-१०८
- ↑ The एसेन्सियल गान्धीमा पुनः प्रकाशित भयो : उनको जीवन, कार्यहरू, र विचारको सङ्ग्रह.लूईस फिशर, २००२(पुनर्मुद्रित संस्करण) पी.३०८-९
- ↑ ज्याक, होमर।गान्धीको पाठक,p 418
- ↑ "भगत सिंह माथि महात्मा गान्धी", About.com, अन्तिम पहुँच १७ मे २०१२।
- ↑ "गान्धीको पाठक"।
- ↑ द मेकिङ अफ अ पोलिटिकल रिफोर्मार : गान्धी यी साऊथ अफ्रिका, १८९३ - १९१४. सुरेन्द्र भाना र गुलाम वाहेद, पृ १४९.
- ↑ द मेकिङ अफ अ पोलिटिकल रिफोर्मार : गान्धी यी साऊथ अफ्रिका, १८९३-१९१४. सुरेन्द्र भाना र गुलाम वाहेद, २००५: पीपी. १५०-१.
- ↑ एक राजनीतिक सुधारकको निर्माण: दक्षिण अफ्रिकामा गान्धी, १८९३-१९१४. सुरेन्द्र भाना र गुलाम वाहेद, २००५: पृ. १५१.
- ↑ जेसुदासन, ईग्नेसिअस स्वतन्त्रताको लागि गान्धीको धर्मग्रन्थ गुजरात साहित्य प्रकाशन: आनन्द इण्डिया, १९८७, पीपी २३६-२३७
- ↑ मूर्ती, श्रीनिवास महात्मा गान्धी र लियो टालस्टायको पत्र लङ बीच प्रकाशन : लङ बीच, १९८७ पीपी १३
- ↑ मूर्ति, श्रीनिवास महात्मा गान्धी र लियो टालस्टायको पत्र लङ बीच प्रकाशन : लङ बीच, १९८७, पीपी १८९.
- ↑ गान्धी माथि र उनी द्वारा आलेख को, ७ जुन, २००८ पुनः समीक्षा गरिएको
- ↑ छैटौँ अध्याय, हिन्द स्वराज, मोहनदास करमचन्द द्वारा .गान्धी
- ↑ भट्टाचार्य, बुद्धदेव गान्धीको राजनीतिक दर्शनको विकास कलकत्ता पुस्तक घर: कलकत्ता, १९६९, पीपी ४७९
- ↑ छैटौँ अध्याय, हिन्द स्वराज, मोहनदास करमचन्द द्वारागान्धी
थप अध्ययनको लागि (महात्मा गान्धीको बिषयमा)
- भाना, सुरेन्द्र र गुलाम वाहेद.द मेकिङ अफ अ पोलिटिकल रिफोर्मार : गान्धी यी साऊथ अफ्रिका, १८९३-१९१४. नयाँ दिल्ली: मनोहर, २००५
- बोन्दुरन्त्त, जुआअन वी. हिंसाको जीत: गान्धीवादी दर्शनको सङ्घर्ष. प्रिन्सटन यूपी, १९९८ आईएसबीएन ०-६९१-०२२८१-X
- चेर्नस, ईरा. अमेरिकी अहिंसा: विचारको इतिहास, सातौँ अध्याय .आईएसबीएन १-५७०७५-५४७-७
- चड्ढा, योगेश .गान्धी: एक जीवन .आईएसबीएन ०-४७१-३५०६२-१
- डेलटन, डेनिस (ईडी) .महात्मा गान्धी: छानिएका राजनीतिक लेख इण्डियानापोलिस/क्याम्ब्रिज : हैकट प्रकशन कम्पनी, १९९६ आईएसबीएन ०-८७२२०-३३०-१
- गान्धी, महात्मा .महात्मा गान्धीका सञ्चित लेख .नयाँ दिल्ली: प्रकाशन विभाग, सूचना एवम प्रसारण मन्त्रालय, भारत सरकार, १९९४.
- इश्वरण, एकनाथ गान्धी एक मनुष्य .आईएसबीएन ०-९१५१३२-९६-६
- फिशर, लुईस .द एसेनसियल गान्धी : उनको जीवन, कार्यहरू र विचारको सङ्ग्रह . प्राचीन: न्यु योर्क, २००२. (पुनर्मुद्रित संस्करण), आईएसबीएन १-४०००-३०५०-१
- गान्धी, एम.के. गान्धीका पाठक: उनको जीवन र लेखनको एक श्रोत पुस्तक होमर ज्याक(ईडी) ग्रोव प्रेस, न्यु योर्क, १९५६
- गान्धी, राजमोहन .पटेल: एक जीवन नवजीवन प्रकाशन घर, १९९० आईएसबीएन ८१-७२२९-१३८-८
- हन्ट, जेम्स डी. लण्डनमा गान्धी . नयाँ दिल्ली: प्रोमिला एवं कम्पनी, प्रकाशक, १९७८
- मान्न, बर्नहार्ड, महात्मा गान्धी र पाउलो फरेरीको शैक्षणिक अवधारणा. क्लौबें, बी,मा (ईडी) राजनीतिक समाजीकरण एव शिक्षामा अन्तर्राष्ट्रिय अध्ययन बीडी, ८ हैम्बर्ग १९९६, आईएसबीएन ३-९२६९५२-९७-०
- रूहे, पीटर. गान्धी: एउटा छायाचित्र जीवनी .आईएसबीएन ०-७१४८-९२७९-३
- शार्प, जीन. गान्धी एक राजनीतिक नीतिज्ञको रूपमा, आफ्नो मूल्यहरू र राजनीतिक निवन्धहरूसँग. बोस्टन: एक्सटेन्डिङ्ग होराइजन पुस्तकहरू, १९७९.
- सोफ्री, गियान्नी. गान्धी र भारत: केन्द्रमा एक शताब्दी (१९९५) आईएसबीएन १-९००६२४-१२-५
- गौरडन, हैम.आध्यात्मिक साम्राज्यवादबाट अस्वीकृति: गान्धीका बूबरको पत्रहरूको झलक।'सार्वभौमिक अध्ययनको पत्रिका, २२ जून १९९९.
- गान्धी, एम.के दक्षिण अफ्रिकामा सत्याग्रह
बाह्य कडीहरू
- गान्धीको प्रासंगिकता (पुण्यीतिथि विशेष) - प्रोफेसर महावीर सरन जैन
- गान्धी स्मृति र एनबीएसपी (भारत सरकारको वेबसाइट)
- महात्मा गान्धी समाचार अनुसन्धान र मीडिया सेवा
- महात्मा गान्धी चिरस्थायी जीवनको समर्थक
- डिजाइनर पाठ्यक्रमको प्रथम पुरुष गान्धी
- मणि भवन गान्धी सङ्ग्रहालय गान्धी सङ्ग्रहालय तथा पुस्तकालय
- गान्धी पुस्तक केन्द्र
- महात्मा गान्धी द्वारा गरिएको कार्य
- गान्धी हाल र प्रतिमा