प्रचण्डको निर्णयले बन्द भएको पशुपतिको ढोका बल्ल खुल्यो

प्रचण्डको निर्णयले बन्द भएको पशुपतिको ढोका बल्ल खुल्यो

करिब १४ वर्षदेखि बन्द रहेको पशुपतिनाथ मन्दिरको पूर्वी ढोका खुलेको छ । २०६५ सालमा मूल भट्ट नियुक्तिमा विवाद भएपछि बन्द गरिएको पूर्वी ढोका तीजको अवसरमा आज खोलिएको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाली पुरोहितलाई नै मूलभट्ट बनाउने प्रयास विवादमा परेपछि सुरक्षाका कारण देखाउँदै पूर्वी ढोका बन्द गरिएको थियो । तर, यसवर्ष तीजको अवसरमा सो ढोका खोलिएको पशुपतिनाथ विकास कोषले जनाएको छ ।

ढोका खोलेसँगै सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्न सहज भएकाे कोषले जनाएको छ ।

टिप्पणीहरू