पश्चिम रुकुम जिल्ला
स्वरूप
पश्चिम रुकुम जिल्ला नेपालको कर्णाली प्रदेशमी अवस्थित एक पहाडी जिल्ला हो।[१] यो जिल्ला प्रदेशका १० जिल्लाहरू मध्ये एक हो।[२] जिल्लाको सदरमुकाम मुसिकोट हो।
औपचारिक रूपले पश्चिमी रुकुम जिल्ला रुकुम जिल्लाकै एक भाग थियो। ३ असोज २०७२ मा, राज्यले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि रुकुम र पूर्वी रुकुम गरि दुई जिल्लामा विभाजन गरिएको थियो।
पश्चिम रुकुम जिल्लाको कुल क्षेत्रफल १,२१३.४९ वर्ग किलोमिटर (४६८.५३ वर्ग माइल) रहेको छ भने यस जिल्लाको कुल जनसङ्ख्या २०६८ को जनगणना अनुसार १,५४,२७२ रहेको छ। [३]
पश्चिम पहाडी क्षेत्रमा अवस्थित पश्चिम रुकुम पहाडी जिल्ला हो। यो जिल्लामा धेरै उपत्यकाहरू छन्। यसको सिमाना पाँच जिल्लासँग जोडिएको छ। लुम्बिनी प्रदेशको पूर्वी रुकुम र रोल्पा पूर्वमा, दक्षिणमा सल्यान, पश्चिममा जाजरकोट र उत्तरतर्फ डोल्पा रहेको छ।
सन्दर्भ सामाग्री
[सम्पादन • स्रोत सम्पादन]- ↑ "स्थानीय तहहरुको विवरण". www.mofald.gov.np (in नेपाली). सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय. Retrieved 8 April 2018.
- ↑ "कान्छो जिल्लाको तोतेबोलीः किन टुक्रियो पूर्वी रुकुम ?". अनलाइन खबर (in नेपाली). Retrieved 2020-10-22.
- ↑