उलिपुर उपजिल्ला
उलिपुर
উলিপুর | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २५°३९.८′उ॰ ८९°३८′पू॰ / २५.६६३३°N ८९.६३३°Eनिर्देशाङ्कहरू: २५°३९.८′उ॰ ८९°३८′पू॰ / २५.६६३३°N ८९.६३३°E | |
देश | बङ्गलादेश |
विभाग | रङ्पुर विभाग |
जिल्ला | कुडिग्राम जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ५०४.१९ किमी२ (१९४.६७ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ४१०,८९० |
• घनत्व | ८१०/किमी२ (२१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
उलिपुर (बङ्गाली: উলিপুর) बङ्गलादेशको कुडिग्राम जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]उलिपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°३३' देखि २५°४९' उत्तर अक्षांश र ८९°२९' देखि ८९°५१' पूर्वी देशान्तरणमा अवस्थित छ। उलिपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ५०४.१९ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई कुडिग्राम सदर र राजारहाट उपजिल्लाले उत्तर,सुन्दरगञ्ज र चिलमारी उपजिल्लाले दक्षिण, रौमारी उपजिल्ला र भारतको आसाम राज्यले पूर्व, पिरगाछा र सुन्दरगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। ब्रह्मपुत्र, टिष्टा र धरला आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।
इतिहास
[सम्पादन गर्नुहोस्]सन् १९२० मा यस उपजिल्लाका थुप्रै मानिसहरू ब्रिटिस शासनको विरुद्धमा आन्दोलन गर्न शुरू गरेका थिए जहाँ एक जना व्यक्तिलाई कारागारमा थुनिएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस युद्धका बेला बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले पाकिस्तानी सेनालाई सुरक्षा दिने एक समूह माथि आक्रमण गरेका रहेछन्। १३ नोभेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको हाटिया गाउँका ७०० सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए। यसै युद्धमा बङ्गलादेशी लडाकुले पाकिस्तानी सेनालाई आक्रमण गरेका थिए।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३५९७२६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १७९३२० छ भने महिलाको जनसङ्ख्या १८०३०६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३३१०८० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २८२३८, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २९५ रहेको छ। यस उपजिल्लाका ९४.६६% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२१% ले पोखरी, ०.२७% ले टुटी र ४.५३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ४७.४५% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १३ उपजिल्ला स्वस्थ्य केन्द्र, १ शिशु हेरचाह केन्द्र र १ आँखा अस्पतालहरू रहेका छन्।[२]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, खुर्सानी, तोरी, प्याज, उखु, आलु, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर, नरिवल आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, पानको पात, प्याज लसुन लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका कोदो, आलसको तेल र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ५३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा उपजिल्लाकै ६९.४१% मानिसहरू संलग्न छन्। यस उपजिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ३.१०%, उद्योग तथा व्यापार ०.५३%, वाणिज्यमा १०.६१%, सञ्चार तथा यातायातमा २.५३%, निर्माण क्षेत्रमा १.११%, सुविधामा ५.६१%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.३८% र अन्यमा ६.५५% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]उलिपुर थानको स्थापना सन् १९०२ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका (उलिपुर पुरसभा) १४ सङ्घ परिषद्/वडा, १४७ मौजा/महल्ला र ४१८ गाउँहरू रहेका छन्।
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ३४.९१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४०.७४% छ भने महिलाको साक्षरता दर २९.२०% रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, ४२ माध्यमिक विद्यालय, १८३ प्राथमिक विद्यालय र १०० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्: उलिपुर सरकारी क्याम्पस (सन् १९६४), उलिपुर महिला क्याम्प (सन् १९८६), पञ्चपिर डिग्री क्याम्पस (सन् १९८७), एमए मार्टिन बाडी प्राविधिक तथा कृषि क्याम्पस (सन् १९९५), उलिपुर महारानी सरनामोही उच्च विद्यालय (सन् १८६४), दुर्गापुर उच्च विद्यालय (सन् १९१४), बाक्सीगञ्ज राजिबिया उच्च विद्याल (सन् १९४५), उलिपुर सरकारी कन्या उच्च विद्यालय (सन् १९०९), उलिपुर सरकारी प्रथमिक विद्यालय (सन् १९०९), दुर्गापुर सरकारी प्राथमिक विद्यालय (सन् १९१४), सरगर्धा नसरिया आलिया मदरसा (सन् १९५२), कमल खमेर बहुभाषिक सिनियर मदरसा (सन् १९५४), निरेश्वर अमेनिया मदरसा (सन् १९५४) आदि।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ हाकिम, अब्दुल (सन् २०११), "উলিপুর উপজেলা", in इसलाम, सिराजुल; जामल, आहेमद, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।
- ↑ "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।