सामग्रीमा जानुहोस्

झाँझर चिउवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झाँझर चिउवा
Rynchops albicollis
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
R. albicollis
वैज्ञानिक नाम
Rynchops albicollis
Swainson, 1838
पर्याय

Rhynchops albicollis

अण्डा

झाँझर चिउवा (वैज्ञानिक नाम: Rynchops albicollis)[][][] नेपाल लगायत दक्षिणी एसियामा पाइने चिउवाको एक प्रजाति हो। यिनीहरूको मुख्य आहारा माछा हुन् तर यिनीहरूले पनि साना क्रस्टेशियनहरू र कीराका लार्भाहरू पनि खाने गर्छन्। यसलाई अङ्ग्रेजीमा इन्डियन स्किमर (Indian Skimmer) भनिन्छ।

झाँझर चिउवाको माथीको भाग कालो हुन्छ भने निधार, कण्ठ र तल्लो भाग सेतो हुन्छ। पहेँलो चुच्चो भएको लामो मोटो सुन्तले रङ्को यसको ठुँड हुन्छ र तलको चुच्चो केही लामो हुन्छ। अल्पवयस्क, माथी खैरो भएको सुस्त रङ्को हुन्छ। यो चरा फ्यालफ्याले जस्तै लामो पंखेटा भएको हुन्छ। यसको लम्बाई लगभग ४० देखि ४३ सेन्टिमिटर तथा पंखेटा फिजाउँदा १०३ सेन्टिमिटर हुन्छ।

वितरण तथा वासस्थान

[सम्पादन गर्नुहोस्]

झाँझर चिउवा नेपाल लगायत एसियाली राष्ट्रहरू बङ्गलादेश, भारत, म्यानमार, पाकिस्तानभियतनाममा पाइने गर्छ। यो चरा ओमान, मध्य थाइल्याण्ड, इरान तथा चिनमा पनि पाइएको अभिलेख छ। यो चरा मुख्यगरी ठूला, बलौटे खोला , तलाउ वरिपरि र धापिलो क्षेत्र छेउमा पाइन्छ। नेपालको सन्दर्भमा यो चरा एक अनियमित तथा गृष्मकालिन आगन्तुक चरा हो।

खतरा तथा संरक्षण अवस्था

[सम्पादन गर्नुहोस्]

विश्वमा झाँझर चिउवाको संख्या लगभग ६,०००-१०,००० रहेको अनुमान गरिएको छ। यसकारण यसको प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आफ्नो रातो सूचीमा सङ्कटापन्न अवस्थामा सूचिकृत गरेको छ।[] वासस्थानको विनास, प्रदूषण तथा अन्य मानविय गतिविधिका कारण यसको प्रजाति खतरामा परेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "Rynchops albicollis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१३, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. (1996) , database, NODC Taxonomic Code
  3. (1998) , website, Zoonomen - Zoological Nomenclature Resource
  4. Gill, Frank, and Minturn Wright (2006) , Birds of the World: Recommended English Names

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]