फुलबाडी उपजिल्ला
फुलबाडी
ফুলবাড়ী | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २५°३१′उ॰ ८८°५३′पू॰ / २५.५१७°N ८८.८८३°Eनिर्देशाङ्कहरू: २५°३१′उ॰ ८८°५३′पू॰ / २५.५१७°N ८८.८८३°E | |
देश | बङ्गलादेश |
विभाग | रङ्पुर विभाग |
जिल्ला | दिनाजपुर |
क्षेत्रफल | |
• जम्मा | २२९.५५ किमी२ (८८.६३ वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१) | |
• जम्मा | १२९,४३५ |
• घनत्व | ५६०/किमी२ (१५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | आधिकारिक नक्सा |
फुलबाडी (बङ्गाली: ফুলবাড়ী) बङ्गलादेशको कुडिग्राम जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]फुलबाडी उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°३२' देखि २६°०४' उत्तर अक्षांश र ८९°२८' देखि ८९°४०' पूर्वी देशान्तरणमा अवस्थित छ। फुलबाडी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६३.६३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, कुडिग्राम सदर, राजारहाट र लालमनिरहाट सदर उपजिल्लाले दक्षिण, नागेश्वरी उपजिल्लाले पूर्व र लालमनिरहाट सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। धरला र निलकमल यस उपजिल्लाका प्रमुख नदिहरू हुन्। यो उपजिल्ला कुडिग्राम सहरबाट २८ किलोमिटर उत्तरपश्चिममा अवस्थित छ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २७ मार्च १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहान हुँदा एक बङ्गलादेशी लडाकु लुटफर रहमानको मृत्यु भएको थियो।[३]
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १४०३९२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७०६२७ छ भने महिलाको जनसङ्ख्या ६९७६५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १२५०३३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १५२४५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १४९ रहेको छ। यस उपजिल्लामा २६१ मस्जिद र ११ हिन्दु मन्दिरहरू रहेका छन्। यस उपजिल्लाका ९३.७०% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२९% ले पोखरी, ०.२०% ले टुटी र ५.८२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ४८.३८% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। सन् १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौँ मानिसहरूको मृत्यु भएको थियो भने सन् १९८८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्याएको थियो।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु, प्याज, बदाम तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर, पान, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, धान कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, पानको पात, प्याज, बदाम लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अस धान र आलसको तेल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा २ माछापालन केन्द्र, २ दुग्ध सङ्कलन केन्द्र, २ कुखुरापालन केन्द्र तथा २ चल्ला उत्पादन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा उपजिल्लाकै ७४.२८% मानिसहरू संलग्न छन्। यस उपजिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ५.१८%, उद्योग तथा व्यापार ०२५%, वाणिज्यमा ९.३१%, सञ्चार तथा यातायातमा १.७०%, निर्माण क्षेत्रमा ०.६५%, सुविधामा ३.८१%, धार्मिक सेवामा ०.१८%, वैदेशिक रोजगारी तथा भाडामा ०.१७% र अन्यमा ४.४७% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय फुलबाडी थानको स्थापना सन् १९१४ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा ६ सङ्घ परिषद्/वडा, ५० मौजा/महल्ला र १६५ गाउँहरू रहेका छन्।
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ३८.११% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.४४% छ भने महिलाको साक्षरता दर ३०.७४% रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; फुलबाडी डिग्री क्याम्पस (सन् १९७३), नओडाङ्गा विद्यालय तथा क्याम्पस (सन् १९१९), फुलबाडी जासिमिया उच्च विद्यालय (सन् १९३८), खुरासा सुरासा सरकारी प्राथमिक विद्यालय (सन् १९४०), शाह बाजार एएच फजिल मदरसा (सन् १९५६), नओडाङ्गा डिएस दाखिल मदरसा (सन् १९६९) आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ सिराजुल इसलाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "ফুলবাড়ী উপজেলা (দিনাজপুর)", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।
- ↑ "ফুলবাড়ী উপজেলা (দিনাজপুর)", बाङ्लापिडिया, अन्तिम पहुँच ८ डिसेम्बर २०१८।
- ↑ "ফুলবাড়ী দিবস আজ", দৈনিক প্রথম আলো, ২৬ আগস্ট ২০১৯।