मन्त्रीलाई कुराएर फर्किए शिक्षक
बिहीबार मात्रै कार्यभार समाल्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सार्वजनिक विज्ञप्ति जारी गरेर शुक्रबार आन्दोलनरत शिक्षकलाई वार्ताका लागि औपचारिक आह्वान गर्नुभयो । सोही आह्वान अनुसार मन्त्रीलाई भेट्ने बहानामा शिक्षकका प्रतिनिधि वार्तामा बस्न तयार भए ।
‘बिदा कटौती गरेर पठनपाठनमा परेको असर भर्पाई गरिने’
विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित काठमाडौँमा आन्दोलनरत देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले पठनपाठनमा पुगेको क्षतिको जसरी पनि पूर्ति गर्ने बताएका छन् ।
दोलखाका ३० हजार विद्यार्थी अन्योलमा
बाबुराम शर्मा दोलखा, वैशाख १२ गते । काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनले शैक्षिक सत्र २०८२ सुरु भएर लामो समय बितिसक्दा पनि भर्ना अभियान, पाठ्यपुस्तक वितरण तथा पठनपाठन नहुँदा दोलखाका २८ हजार ३४६ विद्यार्थी अन्योलमा छन् । सदरमुकाम चरिकोट स्थितको कालिन्चोक माध्यमिक विद्यालयमा अध्ययनरत छात्र अस्मिन शर्माले चिन्ता व्यक्त गर्दै भन्नुभयो,पढाइ सुरु नहुँदा कहिले विद्यालय खुल्ला भन्ने चिन्ता लागिरहेको छ । पढाइ नहुँदा बरालिने काम भएको छ । पढ्ने रहर सपना बन्ने हो कि भन्ने चिन्ता लागिरहन्छ । बिस्तारै सामुदायिकका विद्यार्थीहरू पनि संस्थागत विद्यालयमा भर्ना हुन थालेका छन् । संस्थागत विद्यालयका विद्यार्थीहरू विद्यालय जाँदा आफूलाई नराम्रो लाग्न थालेको छ । आन्दोलनले हामीलाई मात्र विक्षिप्त बनाएको छ । पढाइ कहिले सुरु हुने हो ? ढिला हुँदै गर्दा पढाइ र परीक्षाहरू पनि प्रभावित बन्छन् । सरकारले पढाइ हुने वातावरण बनाउनु पर्यो । भीमेश्वर नगरपालिका–२ स्थितको राजकुलेश्वर आधारभूत विद्यालयमा अध्ययनरत प्रकृति खडकाले गुनासो पोख्दै भन्नुभयो, अहिले विद्यालयमा विद्यार्थी तथा अभिभावकहरूको भर्ना र पढाइमा घुइँचो हुनुपर्नेमा विद्यालयहरू सुनसान बनेका छन् । हेर्दा उराठलाग्दो देखिएको छ । नरमाइलो लाग्छ । पढाइमा ह्रास आउने अवस्था देखिएको छ । सरकारले आन्दोलनप्रति खासै चासो देखाएन । शिक्षकहरू ऐन नआएसम्म विद्यालय नफर्किने भए । समस्या जटिल बन्दै गएको छ । भीमेश्वर नगरपालिका–७ स्थितको वीरेन्द्र आधारभूत विद्यालयकी अभिभावक सम्झना भुजेलले भन्नुभयो, विद्यालय खुलेर पठनपाठन नहुँदा भुराहरू बिग्रिन थालेका छन् । कक्षा ६, ३ र नर्सरीमा अध्ययन गर्ने छोराछोरीहरूले शिक्षकहरू आन्दोलनमा रहँदा पठनपाठन गर्न नपाएपछि अभिभावकमा पीडा भएको छ । सरकारले पठनपाठन हुने तुरुन्त वातावरण बनाई देओस् । अभिभावकहरू पनि चिन्तित बनेका छन् । नजानिँदो पाराले बालबालिकाको भविष्यमाथि खेलबाड भएको छ । सैलुङ गाउँपालिका– ८ स्थितको शारदा माध्यमिक विद्यालयका अभिभावक दीर्घकाल तामाङले भन्नुभयो, सरकारको ठुलो कमजोरी देखिएको छ । जायज मागलाई सम्बोधन गरी आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा पठाउनु पर्छ । लामो समय भयो, अन्यथा विद्यार्थी र अभिभावकको पनि आन्दोलन निम्तिन सक्छ । स्थानीय तहहरूले पनि चासो देखाउन थालेका छन् । वैतेश्वर गाउँपालिकाले शैक्षिक सत्र २०८२ मा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणलगायतका काममा ढिला भई विद्यार्थी मारमा परेकाले पालिका भित्रका शिक्षकहरूलाई तुरुन्त आन्दोलनबाट फर्केर पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ । बालबालिकाको पढ्न पाउने हक र उनीहरूको मनोवैज्ञानिक पक्षलाई ध्यान दिन पनि आग्रह गरिएको पालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भरतबहादुर भट्टराइले चिन्ता व्यक्त गर्दै भन्नुभयो, सरकारले छिटै पठनपाठन हुने वातावरण बनाउनु पर्छ । आन्दोलन निकै लामो भइसक्यो । भर्ना अभियान आन्दोलनमै बितिसक्यो । परीक्षा तथा उत्तर पुस्तिका परीक्षणलाई प्रत्यक्ष असर परेको छ । शिक्षा विकास तथा स।समन्वय इकाई दोलखाको अभिलेख अनुसार सामुदायिक विद्यालयमा दरबन्दी, राहत, अनुदान, बाल शिक्षालगायतका दरबन्दीमा एक हजार ९०८ जना शिक्षक कार्यरत छन् । कक्षा १ देखि कक्षा १२ सम्म २८ हजार ३४६ विद्यार्थी अध्ययनरत छन् ।
शिक्षकका समस्या समाधान वार्ताबाटै : शिक्षामन्त्री पन्त
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकका समस्या वार्ताको माध्यमबाटै समाधान गर्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री पन्तले आफू अब बोल्नेभन्दा पनि काम गरेर परिणाम निकाल्नेतर्फ लाग्ने पनि बताउनुभयो ।
विद्यालयका योजना कार्यान्वयन अन्तिम चरणमा
सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजित योजनामध्ये अधिकांश योजना कार्यान्वयन भई निर्माण सम्पन्न हुने चरणमा पुगेको जनाएको छ ।
शिक्षक आन्दोलनमा रहँदै स्याङ्जाको भाग्योदयमा पठनपाठन सुचारु
शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनका चलिरहँदा सामुदायिक विद्यालयहरूको नतिजा प्रकाशन, भर्ना अभियान र पठनपाठन ठप्प भएको छ ।
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयलाई विद्यार्थी जोगाउनै मुस्किल
नायरा पढ्ने विराटनगर ३ को सहिद आधारभूत विद्यालयले वैशाख ९ गतेबाट पठनपाठन सुरु हुने जानकारी दिएको थियो । तर शिक्षक आन्दोलन लम्बिएका कारण चाहेर पनि विद्यालय चलाउन सक्ने वातावरण भएन ।
हुप्सेकोट गाउँपालिकाद्धारा अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह
नवलपुरको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।
दाङका सामुदायिक विद्यालयमा भर्ना सुरु
विद्यार्थी भर्ना अभियालाई बेवास्ता गर्दै देशभरका शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा होमिरहेका बेला दाङका सामुदायिक विद्यालयमा भने विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।
कक्षा १२ को संशोधित समयतालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संशोधित समयतालिका बुधबार सार्वजनिक गरेको छ ।
रघुजी पन्त शिक्षामन्त्री नियुक्त
रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएको छ । नेकपा (एमाले) नेता रघुजी पन्त प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गर्नुभएको हो।
सामुदायिक विद्यालय सुचारु गर्न तीन पालिकाको आग्रह
शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको कारण तीन पालिकाले पठनपाठन सुचारु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।
जुम्लाका ३५ हजार बढी विद्यार्थीको पठनपाठन प्रभावित
शिक्षक अन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । गत चैत २० गतेदेखि शिक्षक आन्दोलनकै कारण जुम्लामा २१ दिनदेखि पूर्ण रूपमा विद्यालयमा पठनपाठन ठप्प भएको हाे ।
शिक्षक आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।
विद्यार्थी कुर्दै विद्यालय
केही वर्ष पहिला विद्यार्थी विद्यालय पुग्थे, किताब आइपुग्दैनथ्याे । अहिले किताब पहिले आइसक्यो, विद्यार्थी विद्यालय नै पुगेनन् ।
आँबुखैरेनी गाउँपालिकाद्वारा पढाई सुरु गर्न सूचित
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आन्दोलनरत शिक्षकलाई पढाइ सञ्चालन गर्न निर्देशन गरेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानद्वारा जारी विज्ञप्तिमा आन्दोलनमा वैकल्पिक उपाय अबलम्बन गरी बालबालिकालाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न सूचित गरिएको हो ।
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने
राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेबाट हुने गरी पर सारेको छ ।
कक्षा १२ को परीक्षा केही दिन सर्ने
राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केही दिन पर सार्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा शैक्षिक सामग्री प्रदान
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न जिल्लाका १५ विद्यालय तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
१५ करोडभन्दा बढीको पाठ्यपुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८२ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।
कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, आवश्यक तयारी गर्न निर्देशन
राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने भएको छ । मङ्गलबार बसेको बोर्डको बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको हो ।
निजी विद्यालयको बस सञ्चालनमा रोक
सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान गर्नुभएको छ ।
आजबाट सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन
सन्तोष दहितदाङ, वैशाख ८ गते । घोराही उपमहानगरपालिकाले आजदेखि नियमित रुपमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार उपमहानगरको नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार वैशाख ८ गतेदेखि नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।उहाँले एक सूचना जारी गरेर वैशाख ८ गते देखि शैक्षिक क्यालेन्डर अनुसार विद्यालय नियमित सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको दिनुभएको छ । वैशाख ८ गते देखि अनिवार्य विद्यालय सञ्चालन गर्न र सो को अनुगमन समेत हुने उहाँले सूचना मार्फत जानकारी दिनुभएको हो ।देशभरका शिक्षकहरू आन्दोलनमा होमिदाँ सामुदायिक विद्यालयको भर्ना अभियान समेत अन्योल भएको छ । संस्थागत विद्यालयमा धमाधम भर्ना अभियान चलिरहेको बेला जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरू भने सुनसानको अवस्थामा छ । वार्षिक परीक्षाको रिजल्ट आएको लामो समयसम्म सामुदायिक विद्यालयमा भर्ना अभियान नचलेपछि अभिभावकहरू रुष्ट बन्न थालेका छन् । पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले शिक्षकहरू आन्दोलनमा होमिदा प्राइभेट विद्यालयहरूले मौकाको फाइदा उठाइरहेका बताउनुभयो । अहिले सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ, उहाँले भन्नुभयो, यता संस्थागत विद्यालयका शिक्षकहरू भने घरदैलो गरेर व्यापक रूपमा भर्ना अभियान सञ्चालन गरिरहनुभएको छ । यसले सामुदायिक विद्यालयमा भर्ना अभियानलाई कस्तो असर पर्ला ?यसै पनि शिक्षकहरूले आफ्ना छोराछोरिहरुलाई प्राइभेट स्कुलमा पढाउँछन् , आफूले पढाउने स्कुलकै शिक्षामा विश्वास गर्दैनन् भन्ने आरोप छ उहाँले भन्नुभयो, यी यस्ता आरोपहरूलाई चिर्न आन्दोलनको स्वरूप परिवर्तन गरी भर्ना अभियानमा फर्किने पो हो कि । या प्राइभेट स्कुलको भर्ना अभियान पनि रोक्ने हो, बेलैमा शिक्षामुर्तिहरुले सोचौँ । नत्र प्राइभेट स्कुल सङ्ग मिलेमतो गरेको आरोप लाग्न पनि सक्छ । उहाँले वर्षामा धान नरोपे हिउँद कसरी बाली स्यहार्नु भनेर समेत प्रश्न गर्नुभएको छ ।