• ४ माघ २०८१, शुक्रबार

प्रमुख मिश्रसमक्ष थारु आयोगको प्रतिवेदन पेस

blog

मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रसहित थारु आयोगका सदस्य भोलाराम चौधरी र अन्य पदाधिकारीहरू । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, पुस १२ गते । थारु आयोगका सदस्य भोलाराम चौधरीले बिहीबार आयोगको पाँचौँ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाउनुभएको छ ।  

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको छ । आर्थिक वर्ष २०७९–८० मा आयोगले थारु समुदायका लागि गरेका कामकाज र त्यसबाट भएको उपलब्धि बारेमा प्रतिवेदनमा समावेश गरिएको आयोगका सदस्य चौधरीले बताउनुभयो । 


उहाँले संविधानमा थारु समुदायको उल्लेखित अधिकारको कार्यान्वयन गराउन आयोगले दत्तचित्त भएर अगाडि बढेको बताउनुभयो । उहाँले सरकारलाई पनि थारु समुदायका समस्या र समाधानका लागि आयोगले पत्राचार गरी जानकारी गराउने गरिएको बताउनुभयो । 

प्रतिवेदन बुझदै प्रदेश प्रमुख मिश्रले आयोगका सदस्य चौधरीसहित प्रतिवेदन बुझाउन आएका टोलीलाई धन्यवाद दिँदै प्रतिवेदनबारेमा आफूले अध्ययन गर्ने बताउनुभयो । उहाँले जनताकै समस्या समाधानका लागि सरकारले विभिन्न आयोग गठन गरेको भन्दै आयोगको कामकाज प्रभावकारी हुनुपर्ने सल्लाह दिनुभयो ।